back
national life

थप ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि

काठमाडौँ । देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित् फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सात हजार २११ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

१६ हजार १४७ पिसिआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्रमण देखिएको हो । यससँगै नेपालमा तीन लाख ३६ हजार ३० जना सङ्क्रमित भएका छन् । आज देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार ८०९ र २० देखि २९ वर्ष उमेर समूहका एक हजार ७६७ रहेका छन् । त्यस्तै ९ वर्ष उमेर समूहका बालबालिका १६६, १० देखि १९ वर्ष उमेर समूहका ४५७ रहेका छन् ।

सङ्क्रमित निको भई एक हजार ६१२ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ८३ हजार ९९४ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४.५ प्रतिशत रहेको छ ।

सङ्क्रमणबाट आज २७ जनाको निधन भएको छ । नेपालमा अहिलेसम्म तीन हजार ३२५ जना सङ्क्रमणबाट निधन भएका छन् । डा गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा तीन हजार ५९५ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ सङ्क्रमित भएका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला १२ पुगेका छन् । प्रवक्ताका अनुसार तिनमा मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली छन् ।

Corporatebazar 11 Anniversary
national life

ग्लोबल साउथमा अनुसन्धान र नीतिमा महिला सम्बन्धी वेबिनार सम्पन्न

ग्लोबल साउथमा अनुसन्धान र नीतिमा महिला सम्बन्धी वेबिनार सम्पन्न

वि.सं.२०८२ चैत १ आइतवार १०:४८

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस मनाउने क्रममा नेपाल विकास अनुसन्धान...

सिंहदरबारमा नयाँ संसद भवन निर्माण धमाधम, करिब चारसय मजदूर २४ सै घन्टा सक्रिय

सिंहदरबारमा नयाँ संसद भवन निर्माण धमाधम, करिब चारसय मजदूर २४ सै घन्टा सक्रिय

वि.सं.२०८२ फागुन २८ बिहीवार १०:१४

काठमाडौं । संघीय संसदका लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद...

समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

वि.सं.२०८२ फागुन २७ बुधवार १४:००

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न...

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:१५

काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम...

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:०८

काठमाडौं । चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित...

अत्यावश्यक ओैषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने

अत्यावश्यक ओैषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने

वि.सं.२०८२ फागुन २६ मंगलवार १९:३२

काठमाडौँ । नेपाललाई अत्यावश्यक ओैषधिमा आत्मनिर्भर बनाउन सबैले जोड दिएर...