back

यो वर्षको नई ईश्वरवल्लभ अवार्ड बसन्त चौधरीलाई

काठमाडौं । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने गर्ने भएको छ । नई प्रकाशन संचालक समितिका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नई ईश्वरवल्लभ अवार्ड’ चर्चित कवि चौधरीप्रति समर्पित गर्ने निर्णय गरेको हो ।

विश्व काव्ययात्रामार्फत नेपाली भाषा र साहित्यको विश्वमाझ प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिएका कारण चौधरीलाई प्रतिष्ठित अवार्ड प्रदान गर्ने निर्णय भएको नई प्रकाशनले जनाएको छ ।
चौधरीले पुरस्कार स्वरुप १ लाख धनराशि पाउने छन् । यसअघि नई प्रकाशनले बैशाख ३० गते काठमाण्डौमा आयोजना गर्न लागेको नई प्रकाशनको रजतजयन्ती तथा शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औं जन्मोत्सवको अवसरमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने योजना बनाएको थियो । तर, कोभिड संक्रमणका कारण पुरस्कार वितरण गर्ने कार्यक्रम केही पछि धकेलिएको नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ । नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो । चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उहाँको नाममा अवार्ड वितरण गर्न थालिएको थियो ।

प्रत्येक वर्ष प्रदान गरिने यो विधातर्फको अवार्ड यसअघि जयदेव भट्टराई, प्रकट पगेनी शिव, विश्वविमोहन श्रेष्ठ, प्रदीप नेपाल, विजय चालिसे, सञ्जय राई, कञ्चन पूडासैनी लगायतले पाउनुभएको थियो ।
चौधरीले केही वर्षअघिदेखि सुरु गरेको विश्व काव्ययात्रा विश्वभर चर्चित भएको थियो । सन् २०१२ को अगस्टदेखि अमेरिकाको न्यूयोर्कबाट सुरु भएको उहाँको विश्व काव्ययात्रा ११ वटा देशको २० वटा शहरसम्म पुगेको थियो । गत वर्ष कोरोनाको संक्रमण बढेपछि उनको काव्ययात्रा स्थगित गरिएको छ ।

नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले सरकार वा सरकारी निकायको कुनै सहयोगबिना एक्लो प्रयासमा नेपाली कविता र साहित्यलाई विश्वमाझ चिनाउने उद्देश्यले विश्व कविता यात्रा गर्ने चौधरी देशकै एक्लो र पहिलो नेपाली कवि रहेको बताए । ‘उहाँको एक्लो प्रयासले संचालन गर्नुभएको विश्व काव्ययात्राका कारण नेपाली साहित्यको इज्जत विश्वमै माथि पुर्याउने काम भएको र नेपाली साहित्यको गरिमा समेत श्रीवृद्धि भएकोमा उहाँलाई सम्मान गर्ने निर्णय गरेका हौं ।’–प्रसाईले भने ।

बसन्त चौधरी गीतकार, कवि, स्तम्भकार वा प्रबन्धकारको रुपमा नेपाली साहित्यको क्षेत्रमा परिचित नाम हो । उनका नेपाली भाषाका आधादर्जन बढी कविता संग्रह, अन्य विभिन्न भाषामा समेत कविता तथा गीति संग्रह प्रकाशित भइसकेका छन् । उहाँका हालसम्म आधा दर्जन बढी नेपाली भाषाका र दुईवटा हिन्दी भाषाका गीति एल्बम समेत प्रकाशन भइसकेका छन् । उनले दर्जनौ कृतिहरु प्रकाशनमा सहजीकरण र सहयोग गरिकेका छन् । ‘तिमीबिनाको म’ नामको नेपाली भाषाको कविता संग्रह र अनेक पल और मैं नामको हिन्दी कविता संग्रह उनका प्रकाशोन्मुख कृति हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...