back

भूकम्पको ६ वर्ष र पुननिर्माण उपलब्धि, यस्तो छ अहिलेसम्मको खर्च विवरण

काठमाडौँ । मुलुकमा पछिल्लो महाभूकम्पको छ वर्ष पुगेको छ । २०७२ वैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११ः५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व–दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई .८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको भूकम्पले ठूलो धनजनको क्षति गरेको कुरा हामी सबैमा अवगत नै छ । जुन भूकम्प विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठूलो भूकम्प थियो ।
फर्केर हेरौँ
भूकम्पबाट भएको मानवीय क्षतिः
मृत्युः ८ हजार ९ सय ७९ जना
घाईतेः २२ हजार ३ सय ९ जना
भौतिक क्षति
निजी आवसः करिब १० लाख
पुननिर्माण अनुदान सम्झौता गरेका लाभग्राहिः ८ लाख १० हजार ४सय २७
शिक्षण संस्थाः ७ हजार ५ सय ५३
विद्यालय कक्षाकोठाः ४९ हजार ६सय ८१
स्वास्थ्य संस्थाः १ हजार १सय ९७(पूर्ण क्षति–५४४, आंशिक क्षति–६५३)
सरकारी भवनः ४ सय १५
सांस्कृतिक सम्पदाः ९सय २०(विश्व सम्पदा क्षेत्र–३१)
सुरक्षा निकायका भवन–३८३(नेपाली सेना–२सय ४, नेपाल प्रहरी–१३९, सशस्त्र प्रहरी–३१, राष्ट्रिय अनुसन्धान विभाग–९)
खानेपानी संरचनाः५३
मानव बस्तीः २९९

अति प्रभावित जिल्लाः
ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, र मकवानपुर
कम प्रभावित जिल्लाः
संखुवासभा, भोजपुर, धनकुटा, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी
(भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माणसम्बन्धी ऐन, २०७२ को दफाघ(२) अनुसार)

पुननिर्माण उपलब्धिः
भूकम्पबाट विभिन्न संरचनाहरु तहसनहस भएको ६ वर्ष पुगिसकेको छ । समिक्षा अवधिमा कतिपय पुननिर्माणका कामहरु सम्पन्न भए भने कतिपय भने अझै सुरु भएका छैनन् ।
यद्यपी पुननिर्माण प्राधिकरण स्रोतका अनुसार निजि आवास पुननिर्माण अन्र्तगत सम्झौता गरेको कुल ८ लाख ११ हजार ७सय ५४ लाभग्राही मध्य घर पुन निर्माण सुरु ९२ दशमलव ७७ प्रतिशतले भएको छ । अर्थात ७ लाख ५३ हजार १सय ४ कुला लाभग्राही रहेका छन ।
भूमिहिन लाभग्राहीः
जम्मा लाभग्राही सङ्ख्याः १२ हजार ७ सय ८८
साविककै स्थानमा घर बनाउन अनुमति पाएकाः ११ हजार ४सय ९४
जग्गा खरिद अनुदान उपलब्ध गराउने निर्णय भएकाः १ हजार २ सय ९४
जोखिमयुक्त बस्ती स्थानान्तरणः जम्मा लाभग्राही संख्याः ४ हजार ७ सय २०
सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यावस्थापन भएकाः ३ हजार ४स य ६२
सुरक्षित बस्तिका लागि सरकारी जग्गा प्राप्त गर्ने लाभग्राहीः ६ सय २९
अन्य ढंगबाट गग्गा व्यावस्थापन गरेका तथा स्थानान्तरण गर्ने क्रममा रहेका लाभग्राही ६ सय २९
एकीकृत वस्ती निर्माणः प्राविधिकरणबाट स्वीकृत भएको एकीकृत बस्तीः ६४
निर्माण सम्पन्न एकीकृत वस्ती : २०
निर्माणाधिन ककीकृत बस्तीः ४४
बस्ती सुधारः
तत्काल सुधार एवं संरक्षण गर्नुपर्ने एकीकृत बस्तीः ३३

सुधार एवं संरक्षण सम्पन्न एकीकृत वस्तीः २७
सुधार एवं संरक्षण भैरहेका एकीकृत बस्तीः ६

सार्वजनिक संरचना पुननिर्माणः
सार्वजनिक पुननिर्माण अन्र्तगत रहेको विद्यालय पुननिर्माण चार मोडालिटिबाट कार्य सञ्चालन गरिएकोहो । विद्यालय व्यावस्थापन समितिमार्फत पुननिर्माण, गैरसरकारी संस्थामार्फत पुननिर्माण, निर्माण व्यावसायीमार्फत पुननिर्माण र ‘टर्न कि’ प्रोजेक्ट मार्फत पुननिर्माण कार्य सञ्चालन गरिएको थियो । जसमा ७ हजार ५ सय ५३ विद्यालयको पुननिर्माण लक्ष्यमा मात्रै ८२ दशमलव ७ प्रतिशत कार्यले सफलता पाएको छ । अर्थात ६ हजार २ सय ४६ विद्यालय लक्ष्यअनुरुप बनिसकेका छन् भने १ हजार ३सय ७ विद्यालय भवन भने निर्माधीन रहेका छन् ।
त्यसैगरी ४९ हजार ६ सय ८१ कक्षा कोठा निर्माण गर्ने लक्ष्यले यो ६ वर्ष वित्दासम्ममा मात्रै ६८ दशमलव ९ प्रतिशत सफलता प्राप्त गरेको छ । अर्थात ३४ हजार २ सय ३७ कक्षाकोठाको पुननिर्माणले पुर्णता भएको छ भने बाँकी १४हजार १ सय ५५ कक्षाकोठा निर्माणधिन रहेका छन ।
स्वास्थ्य संस्थाः
सरकारले पुननिमार्ण गर्ने भनि १ हजार १सय ९७ वटा स्वास्थय स्वास्थ्यको लक्ष्य राखेकोमा समिक्षा अवधिमा मात्रै ५८ दशमलव ३ प्रतिशत सफल भएको छ । जसमा ६ सय ९८ स्वास्थ्य संस्था बनेका छन् भने अझै २ सय ९६ भने निर्माणधीन रहेका छन ।
सरकारी भवनः
समिक्षा अवधिमा सरकारी भवन पुनर्निमाणले ९० दशमलव १ प्रतिशत काम सम्पन्न गरेको छ । अर्थात ५सय १५ भवन बनाउने लक्ष्यमा मात्रै ३ सय ७४ भवन निर्माण भएका छन् भने अझै ३८ भवन भने र्निमाणधीन नै रहेका छन ।
सुरक्षा निकाय भवनः
सुरक्षा निकाय भवनको प्रगति पनि समिक्षा अवधिमा लक्ष्यको नजिकै गएको देखिन्छ । अर्थात २सय १६ भवन बनाउने लक्ष्यमा प्राधिकरण मार्फत २ सय १४ अर्थात ९९ प्रतिशत काम सम्पन्न भएको छ भने अझै दुई भवन निर्माणाधीन रहेका छन् ।
सांस्कृतिक सम्पदा पुननिर्माणः
सांस्कृतिक संरचनाको पुनर्निमाण कार्य पनि कछुवाको गतिमा हिडिरहेको देखिन्छ । विभिन्न ९सय २० सास्कृतिक सम्पदा निर्माणकार्य मात्रै ५३ दशमलव ६ प्रतिशत सम्पन्न भएको छ । अर्थात अहिलेसम्म मात्रै ४ सय ९३ सम्पदा सम्पन्न भएका छन् भने अझैपनि २ सय ८८ सम्पदा र्निमाणधीन रहेका छन् । जसमा विश्व सम्पदा क्षेत्र अन्तर्गतका सम्पदा १७० मध्य जम्म १सय १० सम्पन्न भएका छन । भने त्यस्तै काठमाडौँ उपत्यकाका ४०६ मध्य २०७ र उपत्यका बाहिरका ३३४ मध्ये १७६ सम्पदा सम्पन्न भएका हुन ।
समिक्षा अवधिको आर्थिक वर्ष २०७२–७३ मा पुनर्निमाणमा २२ अर्ब ४७ करोड ५६ लाख ७१ हजार, ०७३–०७४ मा ४९ अर्ब ६९ करोड १७ लाख ३१ हजार, ०७४–७५ मा १सय १४ अर्ब ७८ करोड ११ लाख ५२ हजार, ०७५–७६ मा ८९ अर्ब ४३ करोड ७६ लाख १४ हजार, ०७६–०७७ मा ५२ अर्ब ४९ करोड ३३ लाख ५९ हजार र ०७७–७८ को चैत मसान्तसम्म ३ सय ५७ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...