back

सामाजिक रुपान्तरणमा मिडियाको अहम भूमिका रहन्छ, सत्यतथ्य समाचार मात्रै सम्प्रेषण गरौँ

काठमाडौँ— नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित सचिव सिर्जना अर्यालले सामाजिक रुपान्तरणमा मिडियाको अहम भूमिका रहने हुनाले सत्यतथ्य समाचार मात्रै सम्प्रेषण गर्न आग्रह गरेकी छिन् । विमन्स एरा एण्ड मिडिया ग्रुपले आज आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन् ‘ पत्रकारिता क्षेत्रले सत्य, तथ्य सूचना तथा समाचारका माध्यमबाट समाजलाई ज्ञान प्रवाह र सामाजिक रुपान्तरणमा सहयोग पुर्‍याउनु पर्छ ।’
कार्यक्रममा ग्रुपद्वारा महासङ्घकी सचिव सिर्जना अर्याल, केन्द्रीय सदस्य शन्तराम बिंडारी, काठमाडौँ शाखाकी उपाध्यक्ष अप्सरा गौतम तथा सदस्यत्रय कृष्णराज गौतम, रमेश बोहरा र शोभा अर्याललाई सम्मान गरिएको हो ।

सो अवसरमा केन्द्रीय सदस्य बिंडारीले साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड दिएका छन् भने काठमाडौँ शाखाका उपाध्यक्ष गौतम, सदस्यत्रय गौतम, बोहरा, अर्याल र शोभा अर्यालले श्रमजीवी पत्रकारका पक्षमा भएका नीतिगत योजना अगाडि बढाउन सकेमा यस क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने विचार व्यक्त गरेका छन् ।
ग्रुपका अध्यक्ष प्रतिमा राईले जुनसुकै समयमा पनि समाजमा गतिशील हुनुपर्ने सञ्चारकर्मी जोखिममा रहेकामा चिन्ता व्यक्त गर्दै कतिपय सञ्चारगृहले समयमा नै पत्रकारलाई पारिश्रमिक नदिएर शोषण गरिरहेकाले त्यसतर्फ संवेदनशील बन्न महासङ्घलाई आग्रह गरेकी छिन् ।


melung
सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...

संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन : यस्तो छ सरकारको ६ महिनाको समीक्षा

संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन : यस्तो छ सरकारको ६ महिनाको समीक्षा

वि.सं.२०८० असार १३ बुधवार १४:०१

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफको क्रममा उनले...