back
Naima

‘सुरक्षा निकाय नै असुरक्षित हुँदा नागरिकको सुरक्षा चुनौतीपूर्ण’

हेटौँडा । बागमती प्रदेशको हेटौँडामा ‘व्यवसाय र मानव अधिकार’विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बुधबार सम्पन्न कार्यक्रममा व्यवसायिक क्षेत्रभित्र हुने मानवअधिकार उल्लङ्घनका घटना, चुनौती र समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले पछिल्लो समय मकवानपुरका विभिन्न क्षेत्रमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले होटल, डान्सबारदेखि सिमेन्ट उद्योगसम्मका क्षेत्रमा श्रमिक शोषण, असुरक्षित कार्य वातावरण तथा महिला र बालबालिकामाथि हुने दुव्र्यवहारका घटना देखिँदै आएको उल्लेख गरे।

उनले भने, ‘मकवानपुरका होटल तथा डान्सबारदेखि सिमेन्ट उद्योग जस्ता क्षेत्रमा यसरी मानवअधिकार उल्लङ्घनका घटना भइरहेको छ। सुरक्षा निकाय नै सुरक्षित छैनन् भने नागरिक कसरी सुरक्षित हुन्छन् ?’

एसपी खत्रीले कानुन कार्यान्वयनमा सरोकारवाला निकायबीच समन्वय अभाव र कमजोर निगरानी प्रणालीका कारण यस्ता गतिविधि बढ्दै गएको धारणा राखे। उनले उद्योगी, व्यवसायी तथा सम्बन्धित निकायहरूलाई कानुनी मापदण्डको पालना गर्न आग्रह गर्दै मानवअधिकार संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।

उनका अनुसार प्रहरीले यस्ता घटनाहरू नियन्त्रण गर्न अनुगमनलाई तीव्र बनाउने, उजुरी प्रणालीलाई प्रभावकारी बनाउने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। साथै, पीडितलाई न्याय दिलाउने र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागीहरूले व्यवसाय सञ्चालन गर्दा मानवअधिकारको सम्मान अनिवार्य हुनुपर्नेमा जोड दिएका थिए। मकवानपुरमा बढ्दो मानवअधिकार उल्लङ्घनका घटनाले स्थानीयवासीमा असुरक्षाको भावना बढाउँदै लगेका कारण यसतर्फ सम्बन्धित निकायहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:५७

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई...

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२०

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा...