back
Naima

सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत

रौतहट । नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा सीमा अपराध नियन्त्रण तथा अन्य विविध विषयमा छलफल भएको छ ।

भारत बिहार प्रान्तको सीतामढीमा सोमबार दुई देशका सुरक्षा पदाधिकारीहरु बिच बैठक बसेको हो। संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारी साधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार जस्ता अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको छ ।

बैठकमा सीमा सुरक्षा र अपराध नियन्त्रण, मानव बेचबिखन, मदिरा तथा लागू औषध ओसारपोसार, अवैध मुद्राको कारोबार नियन्त्रण विषयमा आपसी सहयोग र समन्वयका लागि छलफल भएको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए।

जघन्य अपराध गरी एक अर्को देशमा लुकेर बसेका अपराधीका बारेमा सूचना आदानप्रदान गर्न, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मी सक्रिय रहने सहमति भएको उनले उल्लेख गरेका छन् ।

संयुक्त बैठकमा नेपाल तर्फबाट रौतहट, सर्लाही र महोत्तरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, भन्सार कार्यालयका प्रमुखहरुका साथै भारतको तर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीहरुको नेतृत्वमा पुलिस अधीक्षक, भन्सार प्रमुख तथा एसएसबीका अधिकारीहरु, लागू औषध नियन्त्रण अधिकारी लगायतकाहरुको सहभागिता रहेको थियो ।

उक्त बैठकमा दुबै देशका सुरक्षासंग जोडिएका विषयमा छलफल एवंम समन्वयका आधारमा कार्यहरु अघि बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:५७

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई...

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२०

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा...