back
himalayan life

समय अनुसार नीति परिवर्तन जरुरी छ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नीतिहरु समयअनुकुल परिवर्तन गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन नीतिहरू’ विषयक छलफल कार्यक्रममा उनले विश्व कुन दिशातिर जादैँछ त्यही हिसाबले जानुपर्ने बताए । उनले अबको समय इभीको भएको हुँदा नीति निर्माणसहित अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘अहिले नीजि सवारी साधनहरु धेरै छन् । त्यसैले यो क्षेत्रमा विकास भएको रहेछ भन्ने देखिन्छ । यसमा इभी कति छन् भन्ने कुराले विकासको चरण देखाउँछ । विश्व कुन दिशातिर जादैँछ भन्ने हिसाबले हामीपनि अगाडि बढ्ने हो । अब जाने भनेको इभीतिरै हो । तर कसरी जाने, कतिको छिटो जाने के गर्ने भन्ने कुरा नीतिले नै निर्माण गर्ने हो । नीतिले सकरात्मक र नकारात्मक दुवै असर गर्छ । आज बनाएको नीति पाँच /छ वर्ष पनि काम नलाग्ने हुन्छ । किनभने समयअनुसार प्रविधिहरु परिवर्तन हुन्छन् । त्यसकारण दिगो रुपमा सोचेर नीति बनाउनुपर्छ ।’

यस्तै, उनले बजेट भन्दा अगाडि यस्ता विषयको छलफलले काम गर्न सजिलो हुने भन्दै अहिलेको समय अनुसार नीतिहरु पुरानो भएको बताए ।

यस्तै, मेकानिकल इन्जिनियरिङ विभाग, काठमाडौं विश्वविद्यालयका प्राडा बिम प्रसाद श्रेष्ठले इभीको कुरामा युरोप र अमेरिका धेरै अगाडि बढिसकेको भन्दै पूर्वाधार विकास गर्दा आगामी १० वर्षसम्म पनि चल्न सक्ने खालको बनाउनुपर्ने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...