back
himalayan life

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ लामा रहेको खुलेको छ । काठमाडौंको झोर क्षेत्रबाट पक्राउ परेका उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।

अमेरिकी डलर र युरोसहित ना ७ ख १६५२ नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालवाहक ट्रकको चालक ‘फुच्चे’ भनिने लामालाई पक्राउ गरिएको थियो । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर ०१ बस्ने ४३ बर्षका उनलाई हिजोराती ११ बजे काठमाडौंको टोखा नगरपालिका ०२ झोरबाट अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिँदैछ भन्ने सूचनाका आधारमा पक्राउ गरिएको थियो ।

मालबाहक ट्रकमा शंका लागि रोकी थप अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याई खानतलासी गर्दा उक्त ट्रकको ‘वोनोट’ अर्थात ड्राइभर बस्ने कोठा (क्याबिनको बायाँ तर्फको) माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको विदेशी मुद्राहरु फेला परेको हो ।  कुसाङ लामा चालक भई भरियाको रुपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको प्रहरीले जनाएको छ ।

उनीबाट करिब २५ करोड रुपैंयाँ बरामद गरिएको जनाइएको छ ।बरामत भएको रकम अमेरीकी डलर १०० दरका नोटहरु जम्मा थान ३,११९ (तिन हजार एक सय उन्नाईस) र ५० दरका नोटहरु जम्मा थान १७९ (एक सय उनान्असी) रहेको छ भने युरो ५०० दरका थान ११, २०० दरका थान ४८०, १०० दरका थान ४१४८ र ५० दरका थान १७१७७ रहेको छ । यसको साथै, नारायणी प्रदेश–७ ख १६५२ को मालबाहक ट्रक गाडी एउटा र मोवाइल दुईवटा पनि जफत् गरिएको छ ।

निजले अवैध तरिकाबाट भन्सार तथा राजस्व छलि अवैध विदेशी मुद्राको कारोवार गरेको हुँदा निजलाई विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ बमोजिमको कसुरमा हदैसम्मको कारवाही तथा थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइने प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

कुसाङ लामा अनुसन्धानको क्रममा निज व्यक्ती पहिले पनि मिति २०७३ साल पुस १३ गते राजस्व छली सुन चोरी पैठारी मुद्दामा सात केजी सुन सहित पक्राउ परि श्री राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरबाट मुद्दा चलाइएको खुल्न आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...