घट्यो सुनको मूल्य
वि.सं.२०८३ भदौ ३ बुधवार
काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो ।चाँदी तोलामा १६० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ७५५ रुपैयाँ चाँदीको मूल्य तय गरेकोमा आज ४ हजार ५९५ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित समय : १३:०१ बजे






















