back

केसीसीको शैक्षिक प्रदर्शनी शुक्रबारदेखि, १२ हजारले अवलोकन गर्ने अनुमान

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले ‘केसीसी एक्जिबिट २०२४’ आयोजना गर्ने भएको छ ।

कलेजले यही साउन ३२ र भदौ १ गते प्रदर्शनी गर्न लागेको प्रदर्शनीका मिडिया संयोजक तथा कलेजका वरिष्ट प्रशासन प्रमुख राजिव तिमिल्सिनाले बताए ।

कलेजले आयोजना गरेको यो १७औं श्रृंखला हो ।प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेछन् । सिंह क्याम्पस रहेको क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सांसद पनि हुन् । प्रदर्शनीमा विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु राखिने कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्कीले बताए । कार्कीले विद्यार्थीले औपचारिक अध्ययनसँगै रोजगारमा पनि जोडिन चाहेको शिक्षा खोजेकाले आफूहरुले त्यस्तै शिक्षा प्रदान गर्दै आएको बताए । कार्कीले प्रदर्शनीले विद्यार्थीहरुमा केही गरौं भन्ने भावना जाग्ने अपेक्षा गरेको जनाएका छन् ।

केसीसी एक्जिबिट २०२४ को मूल नारा ‘क्ष्ललयखबतभ, भ्हजष्दष्त, क्ष्लकउष्चभ’ (आविष्कार, प्रदर्शन, उत्प्रेरणा) रहेको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँनयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् । प्रदर्शनीमा उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यससम्बन्धी अन्तरक्रिया गर्नेछन् ।

प्रदर्शनीमा राखिने नमुनाहरु इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित रहने छन् । प्रदर्शनीमा १२ हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको पनि मिडिया संयोजक तिमल्सिनाले बताए ।

कलेज प्राङ्गणमै हुने प्रदर्शनीमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहित राष्ट्रिय स्तरका कलाकारहरुको विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने मिडिया संयोजक तिमल्सिनाले जानकारी दिए । दुई दिन चल्ने प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवद्र्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरिएको उनले बताए ।

प्रदर्शनीमा ‘इन्नोभेसन इन इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ टू इन्हान्स इफिसियन्सी एण्ड सस्टेनेबिलिटी’ शीर्षकमा कन्फरेन्स पनि हुनेछ । यो कन्फरेन्समा तीन वटा महत्वपूर्ण पेपर प्रस्तुति र प्यानल डिस्कसनसमेत हुने छन् ।

कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, ब्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन हुने अग्रणी कलेज हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

वि.सं.२०८३ साउन २० बुधवार १७:१२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा...

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

वि.सं.२०८३ साउन २० बुधवार १४:०४

काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा निजी...

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०९

काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा...

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०५

काठमाडौं । पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन...

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

वि.सं.२०८३ साउन १८ सोमवार १४:५८

काठमाडौं ।  तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल...

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

वि.सं.२०८३ साउन १८ सोमवार १४:५५

काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...