back

मेरी आमालाई मातातिर्थ औंसीको शुभकामना ‘कोरोनालाई छिट्टै जितेर र्फकनु’

भीमा पन्थी । बिहानै सबैका खुट्टा मिठाई र फलफूल पसलतिर लम्कीरहेका थिए अनि मेरा खुट्टा अस्पतालतिर । हामी सबैका आँखामा आमाको तस्बिर छल्किएको थियो र मेरो आँखामा पनि । फरक यतिमात्रै हो अरुको आँखामा बिहानै नुवाईधुवाई गरेर चिटिक्क परेकी आमाको तस्बिर थियो अनि मेरो आँखामा हस्पतालको बेडमा आईसीयू युक्त बेडको अभावमा तड्पिएकी आमाको ।

अरुको कानमा बिहानै मातातिर्थ औशिको शुभकामना आमा भन्दा आमाले धन्यवाद भनेका शब्द गुञ्जिएका थिए सायद । तर, मेरो कानमा सेतो पीपीई लगाएको डाक्टरले ‘तपाईको आमाको अबस्था नाजुक छ, आईसीयूयुक्त वेड र अक्सिजन चाहिन्छ यहाँ वेड सबै प्याक छन् अक्सिजनका सिलिन्डर पनि सबै रित्ता छन् अरु विकल्प खोज्नुस’ भन्दै बोलेको शब्द गुञ्जीरहेको थियो ।

सम्पर्क नम्बर पर्याप्त भएका सबै अस्पतालमा सोधे सबैको एउटै जवाफ थियो ‘माफ गर्नुहोला !’

त्यसपछि मैले आफै पुग्न पाए कतै हारगुहार गरेर डाक्टरले भनेजस्तो सुविद्यायुक्त अस्पताल पाईन्छ कि भन्ने आसमा बाहिर निस्केको थिए । अस्पताल भित्र त लाग्थ्यो सबैको समस्या उस्तै छ सबै अस्पतालमा छन् तर बाहिर आएपछि थाहा भयो कोही त खुसि पनि रैछन् । तर विडम्बना मसँग त्यो खुसि हेर्ने र महशुस गर्ने समय र परिस्थिति नै थिएन ।

बाटोमा मात्रै हैन कहि कतै सहयोग खोज्ने क्रममा सामाजिक सञ्जाल हेर्दा पनि फेसबुक, ट्वीटर र इन्स्टा लगायतका सामाजिक सञ्जालका भित्ताभरि पनि सबैले रंङगिचङगी आमासँगका फोटा राखेर शुभकामना आदान प्रदान गरिरहेका छन्

। जुन फोटा मेरा आँखाले कालो र सेतो बाहेकको रंङ देख्न सकेको छैन । झन् भाबुक बनाएको छ । विस्तारामा छट्पटाएकी आमाको फोटो फेसबुकमा पोष्टाउन पनि सकिन ।

दिनभर कोही साथि त केही संस्थाको सबै अस्पताल त धाँए तर डाक्टरले भनेजस्तो अस्पताल कतै पाईन । हुन त सन्तान सधै आमाको ऋणी नै हुन्छन् र आमासँग केही न केही मागि नै रहनेका हुन्छन् । नमागेपनि आमाले सधै आर्शिवाद त दिईरहेकै हुन्छिन् ।

आमाको लागि सन्तान पनि हरेक दिन खुसि खोजिरहेकै हुन्छन् तर आज एक दिन आमालाई खुसि बनाउने औपचारीक दिन नै हो । तर तिम्रो सन्तान भएर पनि आजको दिन पनि केही गर्न सकिन ।

“अक्सिजनको सिलिन्डर र आईसीयू युक्त बेडको खोजीमा सबै अस्पताल धाए कतै पाईन्, मातातिर्थ औंसीको दिन यो निरीह अनुहार लिएर तिम्रो अगाडी आउन लाचार भएको छु, माफ गर है आमा !”

मेरी आमा तिमीलाई माता तिर्थ औशिको शुभकामना कोरानालाई जित्ने शक्ति भगवानले प्रदान गरुन् ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...