back
skip this gaugauma singhadarbar

मेरी आमालाई मातातिर्थ औंसीको शुभकामना ‘कोरोनालाई छिट्टै जितेर र्फकनु’

भीमा पन्थी । बिहानै सबैका खुट्टा मिठाई र फलफूल पसलतिर लम्कीरहेका थिए अनि मेरा खुट्टा अस्पतालतिर । हामी सबैका आँखामा आमाको तस्बिर छल्किएको थियो र मेरो आँखामा पनि । फरक यतिमात्रै हो अरुको आँखामा बिहानै नुवाईधुवाई गरेर चिटिक्क परेकी आमाको तस्बिर थियो अनि मेरो आँखामा हस्पतालको बेडमा आईसीयू युक्त बेडको अभावमा तड्पिएकी आमाको ।

अरुको कानमा बिहानै मातातिर्थ औशिको शुभकामना आमा भन्दा आमाले धन्यवाद भनेका शब्द गुञ्जिएका थिए सायद । तर, मेरो कानमा सेतो पीपीई लगाएको डाक्टरले ‘तपाईको आमाको अबस्था नाजुक छ, आईसीयूयुक्त वेड र अक्सिजन चाहिन्छ यहाँ वेड सबै प्याक छन् अक्सिजनका सिलिन्डर पनि सबै रित्ता छन् अरु विकल्प खोज्नुस’ भन्दै बोलेको शब्द गुञ्जीरहेको थियो ।

सम्पर्क नम्बर पर्याप्त भएका सबै अस्पतालमा सोधे सबैको एउटै जवाफ थियो ‘माफ गर्नुहोला !’

त्यसपछि मैले आफै पुग्न पाए कतै हारगुहार गरेर डाक्टरले भनेजस्तो सुविद्यायुक्त अस्पताल पाईन्छ कि भन्ने आसमा बाहिर निस्केको थिए । अस्पताल भित्र त लाग्थ्यो सबैको समस्या उस्तै छ सबै अस्पतालमा छन् तर बाहिर आएपछि थाहा भयो कोही त खुसि पनि रैछन् । तर विडम्बना मसँग त्यो खुसि हेर्ने र महशुस गर्ने समय र परिस्थिति नै थिएन ।

बाटोमा मात्रै हैन कहि कतै सहयोग खोज्ने क्रममा सामाजिक सञ्जाल हेर्दा पनि फेसबुक, ट्वीटर र इन्स्टा लगायतका सामाजिक सञ्जालका भित्ताभरि पनि सबैले रंङगिचङगी आमासँगका फोटा राखेर शुभकामना आदान प्रदान गरिरहेका छन्

। जुन फोटा मेरा आँखाले कालो र सेतो बाहेकको रंङ देख्न सकेको छैन । झन् भाबुक बनाएको छ । विस्तारामा छट्पटाएकी आमाको फोटो फेसबुकमा पोष्टाउन पनि सकिन ।

दिनभर कोही साथि त केही संस्थाको सबै अस्पताल त धाँए तर डाक्टरले भनेजस्तो अस्पताल कतै पाईन । हुन त सन्तान सधै आमाको ऋणी नै हुन्छन् र आमासँग केही न केही मागि नै रहनेका हुन्छन् । नमागेपनि आमाले सधै आर्शिवाद त दिईरहेकै हुन्छिन् ।

आमाको लागि सन्तान पनि हरेक दिन खुसि खोजिरहेकै हुन्छन् तर आज एक दिन आमालाई खुसि बनाउने औपचारीक दिन नै हो । तर तिम्रो सन्तान भएर पनि आजको दिन पनि केही गर्न सकिन ।

“अक्सिजनको सिलिन्डर र आईसीयू युक्त बेडको खोजीमा सबै अस्पताल धाए कतै पाईन्, मातातिर्थ औंसीको दिन यो निरीह अनुहार लिएर तिम्रो अगाडी आउन लाचार भएको छु, माफ गर है आमा !”

मेरी आमा तिमीलाई माता तिर्थ औशिको शुभकामना कोरानालाई जित्ने शक्ति भगवानले प्रदान गरुन् ।

nactional life -asoj
gaugauma singhadarbar

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १४:०६

काठमाडौं । टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र...

अर्थतन्त्रले कोल्टे फेर्ने आयोजना काठमाण्डौ–निजगढ फाष्ट ट्रर्याक

अर्थतन्त्रले कोल्टे फेर्ने आयोजना काठमाण्डौ–निजगढ फाष्ट ट्रर्याक

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १३:५३

खाली राजनीति, आन्दोलन, चुनाब, यो पार्टी, त्यो पार्टी, विद्रोह, धम्की,...

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग: घर बहाल कर ५ प्रतिशतमा झारिनु पर्ने देखि ऋण मिनाहासम्म (यस्ता छन् २७ माग)

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग: घर बहाल कर ५ प्रतिशतमा झारिनु पर्ने देखि ऋण मिनाहासम्म (यस्ता छन् २७ माग)

वि.सं.२०८२ कात्तिक २६ बुधवार १३:५६

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र...

जेनजी आन्दोलनपछि होटल हायात रिजेन्सी बन्द, सबै कर्मचारी बर्खास्त

जेनजी आन्दोलनपछि होटल हायात रिजेन्सी बन्द, सबै कर्मचारी बर्खास्त

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:५२

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...