back

९० प्रतिशत कोरोना संक्रमित होम आइसोलेशनमै बसेर ठिक हुन्छन्

काठमाडौं । विश्वका ९० प्रतिशत कोरोना संक्रमित घरमै बसेर ठिक भइरहेका छन् । होम आइसोलेशनमा न अक्सिनजको आवश्यकता नै पर्छ न अस्पताल भर्ना गर्नुपर्ने । तर, पनि मासिनहरु घरमा अलग रहेर किन उपचार गराइरहेका छन् ? अहिले यो एक ठूलो प्रश्नका रुपम खडा भएको छ । आखिर यो होम आइसोलेसन र लकडाउन कहिले अन्त्य हुन्छ भन्नेमा मानिसहरु पर्खिरहेका छन् ।होम आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीका केही महत्वपूर्ण प्रश्नहरु छन् । जसको जवाफ भोपालमा कोरोना संक्रमितको उपचार गरिरहेका चिकित्सक तेजप्रताप तोमर र डा. पुनम चन्दानीले दिएका छन् ।

होम आइसोलनको अर्थ के हो ? यसको सुझाव कसलाई दिइन्छ ?

यदि कुनै बिरामीमा कोरोना भाइरसको संक्रमणको कुनै लक्षण देखियो वा कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आयो भने त्यसलाई तत्काल जाँच गर्ने सल्लाह दिइन्छ ।जबसम्म जाँचको नतिजा आउँदैन, तबसम्म द्धरमा सबैभन्दा अलग अर्थात आइसोलेसनमा रहने सुझाव दिइन्छ ।नतिजा यदि पोजेटिभ आयो भने चिकित्सकको सल्लाहअनुसार उसको उपचार हुन्छ ।यदि लक्षण सामान्य छ भने उसको उपचार घरमै हुनसक्छ । यसका लासग परिवारका अन्य सदस्यलाई सम्पर्कमा आउनबाट बचाउने कोशिस गरिन्छ ।संक्रमितको अलगै ध्यान राखिन्छ ।

जसलाई होम आइसोलेसन या सेल्फ क्वारेन्टाइनमा रहेर उपचार गर्ने भनिन्छ ।यसबेला बिरामीको हेरचाह गर्नु निकै आवश्यक हुन्छ । बिरामीको औषधि, खानपिन र अन्य आवश्यकता पूरा गरिन्छ ।

होम आइसोलेसन कहिले सकिन्छ ?

सामान्यतय संक्रमितलाई १४ देखि १७ दिन आइसोलेसन बस्ने सल्लाह दिइन्छ । तर, यो सबै लक्षणको प्रकृति र त्यसको गम्भीरता हेरेर तय गरिन्छ । तर, पनि लक्षण देखिएमा कम्तिमा १४ दिन त आइसोलेट हुनैपर्छ ।

जसमा संक्रमणको कुनै लक्षण हुँदैन । त्यस्ता व्यक्तिलाई रिपोर्ट पोजेटिभ आएको १० दिनमा आइसोलेसनबाट राख्न सकिन्छ । उपचार गराइरहेका चिकित्सकसँग सल्लाह गरेर आइसोलेसनबाट बाहिर आउन उपयुक्त मानिन्छ ।

यदि संक्रमितमा तीन दिनबाट ज्वरो आएको छैन भने सात दिनमै आइसोलेसनबाट बाहिर आउन सकिन्छ । विस्तारै लक्षण देखिन छाडेमा र जब पूरै तरिकाले लक्षण देखिन बन्द भयो भने तब केही दिन मात्र आइसोलेसनमा रहने सल्लाह दिइन्छ ।

के आइसोलेसन सकेपछि पनि पीसीआर जाँच अनिवार्य ?

यस्तो परिस्थितिमा २४ घण्टाभित्र पीसीआर रिपोर्ट नेगेटिभ आयो भने आइसोलेसन सक्न सुझाव दिइन्छ । तर, जसरी संक्रमणको दर तिव्र गतिमा बढीरहेको छ, यसकारण ल्याबमा पनि परीक्षणको दबाब बढेको छ ।

संक्रमितमा १४ दिनसम्म सबै लक्षणहरु हराउँदै गयो भने त्यसपछि परीक्षण नगरेर पनि आइसोलेसनबाट बाहिर आउन सकिन्छ । होम आइसोलेसनको अवधि १४ दिन हुन्छ । किनकी विशेषज्ञका अनुसार यो भाइरसको चक्र १४ दिनमा पूरा भइसक्छ र मरिहाल्छ ।

एम्स दिल्लीका निर्देशक डा. रणदीप गुलेरियाका अनुसार यो कुरा वैज्ञानिक तरिकाबाट पनि सावित भइसकेको छ । सामान्य लक्षणको स्थितिमा यो भाइरस ६ वा ७ दिनमै आफैं नष्ट हुने गर्दछ ।

विशेषज्ञका अनुसार यदि आरटी–पीसीआर परीक्षण गरियो भने मृत भाइरसका कारण पनि रिपोर्ट पोजेटिभ आउन सक्छ । भलै शरीरमा भाइरसको मृत शरीर हो । तर, यसमा पनि परीक्षण पोजेटिभ नै आउँछ । तर, यसबाट अन्य कसैलाई संक्रमण सार्ने वा अन्य कुनै साइड इफेक्ट भने हुँदैन ।

जसको इम्यूनिटी कमजोर हुन्छ । उनीहरुलाई चिकित्सक निर्धारित अवधिभन्दा बढी समय आइसोलेसनमा रहने सुझाव दिन्छन् । उनीहरुलाई दोस्रोपटक परीक्षणका लागि पनि निर्देशन दिइन्छ ।

आइसोलेसन सकिएपछि भने के भाइरस ट्रान्समिट हुनसक्छ ?

यदि तपाईँले सही तरिकाले मापदण्ड अपनाउनुभएको छैन या तोकिएको भन्दा पहिले नै होम आइसोलेसनबाट बाहिर आउनुभएको छ भने यस्तोमा तपाईँबाट अन्य मानिसमा भाइरसको संक्रमण सर्ने खतरा बढी हुन्छ ।

सामान्यतया संक्रामक लक्षणपछि शरीरमा भाइरसको संख्या तिव्र गतिमा कमी आउँछ । जसबाट अर्को व्यक्तिमा सर्ने क्षमता कम हुँदै जान्छ ।

यद्यपि चिकित्सक तपाइँका आफन्त र नजिक रहेकाहरुको स्वास्थ्यलाई ख्याल राख्दै कम्तिमा सात दिन होम आइसोलेसनमा रहने सल्लाह दिन्छन् । बिरामीका लागि मास्क लगाउने, सरसफाइमा ध्यान राख्ने जस्ता कैयौं उपायहरु अपनाउन आवश्यक हुन्छ ।

के कोरोना संक्रमित बिरामी अन्य मानिसबीच जान सक्छन् ?

यदि कुनै लक्षण बचेको छैन भने व्यक्ति सुरुवाती लक्षणको १४ देखि १७ दिनपछि काममा फर्किन सक्छन् । तर, उ आफ्नो काम गर्न सक्छ कि सक्दैन भन्ने ध्यान राख्नु पनि आवश्यक हुन्छ । प्राय बिरामी पूरै तरिकाले सन्चो नभए पनि काममा फर्किन्छन् ।

यसबाट बिरामी रिकभर हुने स्थिति प्रभावित बन्न पुग्छ । पूरै तरिकाले ठिक हुन अतिरिक्त समय लाग्छ । आइसोलेसन अवधि सकिएपछि संक्रमित अन्य मानिसबीच जान सक्छन् । तर उनलाई कोरोना प्रोटोकल भने अनिवार्य अपनाउनुपर्छ ।

कोरोना संक्रमितलाई के जान्न आवश्यक हुन्छ ?

होम आइसोलेसनमा उपचार गराइरहेका बिरामीको रेखदेख गर्ने मानिसलाई पनि कैयौं कुराको ध्यान राख्नु आवश्यक हुन्छ ।

जब संक्रमित व्यक्तिसँग जोडिएका काम गरिन्छ भने त्यस्तो अवस्थामा सहयोगीले पनि सावधानी अपनाउनुपर्छ । मास्क, सामाजिक दूरी, स्यानिटाइजरको प्रयोग र अन्य प्राटोकल पनि कार्यान्वयन गर्नुपर्छ ।

यदि कुनै लक्षण देखिए भने सहयोगी पनि आइसोलेट हुनुपर्छ । बाँकी सदस्यहरुसँग घुलमिल हुनुहुँदैन । परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आयो भने चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य मापदण्ड अपनाउनुहोस् ।

होम आइसोलेसनमा किन गाइडलाइन्स फलो गर्ने ?

आइसोलेसनमा रहने बिरामी र उसको हेरचाह गर्नेले सरसफाइ राम्रो भएको सुनिश्चित गर्नुपर्छ । नजिकै फोहोर राख्नु हुँदैन । दिसापिसाबमा विशेष ध्यान दिनुपर्छ । फोहोरलाई सही तरिकाले व्यवस्थापन गर्नुहोस् । सबैभन्दा महत्वपूर्ण कुरा त बिरामीको आहारमा ध्यान दिनुपर्छ । प्रोटिन अधिक भएको खाना खुवाउनुहोस् । प्रोटिनले भाइरसँग लड्नका लागि मानव शरीरलाई छिट्टै तयार पार्दछ । एजेन्सीको सहयोगमा

२०७८ वैशाख २८ गते प्रकाशित ।

 


तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:३०

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा...

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२८

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

नेपाल राष्ट्र बैंक ६९ औँ वर्षमा प्रवेश : अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंक ६९ औँ वर्षमा प्रवेश : अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:३४

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको...

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १३:०३

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद...

नेपालको व्यापार घाटा नौ महिनामा साढे १० खर्ब : कुन देशमा कती आयात ,निर्यात ?

नेपालको व्यापार घाटा नौ महिनामा साढे १० खर्ब : कुन देशमा कती आयात ,निर्यात ?

वि.सं.२०८१ वैशाख ९ आइतवार २१:५३

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा...