back
Naima

मेयर बालेन शाहले धुलोरहित काठमाडौं बनाउँदै , यस्ता छन् नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुवान रहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौँ निर्माण गर्ने यस नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

काठमाडौं । काठमाडौं महानगर पालिकाका प्रमुख तथा मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

मेयर बालेनले हिजो (बुधबार) मात्रै आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

जसमा धुलोरहित काठमाडौं बनाउनेदेखि काठमाडौं महानगरपालिकाको २० वर्षे रणनीतिक विकास योजना सहितका मिसन २१०० स्वर्णिम योजना तर्जुमा गर्नेसम्मका नीति तथा कार्यक्रमहरु रहेका छन् ।

त्यस्तै, काठमाडौं महानगरपालिकाको दीर्घकालीन सोच “सांस्कृतिक सहर, समृद्ध महानगर” रहेको छ । यसमा केन्द्रित भई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुवान रहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौँ निर्माण गर्ने यस नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

यसैगरी कम्तिमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्ने, महानगरलाई अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर वनाउन कम्तिमा एक पालिकामा एग्रोपुलिङ सुरूवात गर्ने, स्थानीय स्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत बस्तुहरूकोब्राण्डिङ गरी निर्यात गर्ने, काठमाडौंलाई सांस्कृतिक तथा पर्यटनमैत्री सहर बनाइ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य महानगरको रहेको मेयर बालेनले बताए ।

महानगरले सार्वजनिक यातायात तथा सवारी पार्किङ र महानगरको सेवाप्रवाह पूर्ण डिजिटल रुपमा सञ्चालनमा ल्याउने भएको छ । महानगरको सेवामा होम डेलिभरी, इरेन्टल, मेट्रोमार्ट सञ्चालनमा आउनेछ ।

राजस्व परिचालन अभियान सञ्चालनमा ल्याई आन्तरिक राजस्व उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिईएको मेयर बालेनले बताए ।

महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सडकहरू पक्कि सडकमा रुपान्तरण भएका हुनेछन्, पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रुपमा सञ्चालन गरी सम्पूर्ण सडकहरुलाई खाल्डाखुल्डी रहित बनाउने लक्ष्य लिईएको छ ।

सम्भव भएसम्म एक वडा एक खेल मैदान, एक वडा एक पार्क निर्माण, वार्षिक रुपमा कम्तिमा एक लाख वृक्षारोपण गर्ने लक्ष्य महानगरको छ ।

यस्ता छन् मेयर बालेनको नीति तथा कार्यक्रम

 

 



Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:५७

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई...

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२०

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा...