back
Naima

बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले १० अर्ब तान्दै (यस्तो छ कारण)

काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रिय बैंकले बिहीबार रिभर्स रिपो जारी गरी १० अर्ब रुपैयाँ तान्न लागेको हो।

अहिले बैंकहरुमा निक्षेप संकलन बढिरहेको छ तर कर्जा लगानी बढ्न सकेको छैन। कर्जा लगानी नबढ्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ।

अहिले एक बैंकले अर्को बैंकसँग लिन सापटि अर्थात अन्तरबैंक सापटिको ब्याजदर ४ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा राखेको भए पनि अन्तरबैंक निकै तल झरेको छ।

नेपाल राष्ट्र बैंकले अन्तरबैंक र दर नीतिगत दरभन्दा २ प्रतिशत तल झरेमा बजारबाट तरलता प्रशोचन गर्ने जनाएको छ।

केन्द्रिय बेंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै उक्त कुरा उल्लेख गरेको छ। सोहि अनुसार केन्द्रिय बैंकले बिहीबार बजारबाट तरलता तान्न लागेको हो। केन्द्रिय बैंकले ७ दिनकोलागि उक्त रकम बैंकिङ्ग प्रणलीबाट खिच्न लागेको हो।

आर्थिक वर्षको अन्तिममा सरकारको खर्च पनि बढ्ने भएकोले बैंकहरुमा निक्षेप संकलन बढ्ने छ। तर कर्जा लगानी भने नभएकोले अझै तरलता बढ्दै जाने देखिएको छ।

केन्द्रिय बैंकको तथ्याँक अनुसार असार ४ गतेसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८३.९९ प्रतिशतमा झरेको छ। सोहि दिन अन्तरबैंक ब्याजदर ४.०१ प्रतिशतमा झरेको छ।

अहिले बैंकहरुमा लगानीयोग्य रकम अघिक भएकोले सरकारी ऋणपत्रको ब्याजदर पनि घट्दै गएको छ।

ट्रेजरी विल्सको ब्याजदर नीतिगत दरभन्दा तल झरेको छ। भने विकास ऋणपत्रको ब्याजदर पनि डेढ वर्ष यताकै न्युन विन्दुमा छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

वि.सं.२०८३ साउन २५ सोमवार १६:४५

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन...

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न

वि.सं.२०८३ साउन २५ सोमवार १६:४३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार,...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

क्रेडिट रेटिङ विवरण सार्वजनिक, कुन बैंकको रेटिङ कस्तो ?

क्रेडिट रेटिङ विवरण सार्वजनिक, कुन बैंकको रेटिङ कस्तो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:२३

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पछिल्ला पाँच आर्थिक...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...