back
Naima

समाजवादी मोर्चा घोषणा कार्यक्रम भोलि, को–को समेटिँदैछन् ?

काठमाडौँ । लामो छलफलपछि अन्ततः समाजवादी मोर्चा नेपाल बन्ने निश्चित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो ।

सहमति लगत्तै भोलि (सोमबार) असार ४ गते राजधानीको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ । समाजवादी मोर्चामा सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने निश्चित भएको छ ।

यद्यपि समाजवादी मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियान सहभागी हुने या नहुने भन्नेबारे निश्चित हुनै बाँकी रहेको छ ।

समाजवादी मोर्चा बनाउनुपर्ने भन्दै वकालत गर्दै आएका बाबुराम भट्टराई र वामदेव गौतम समेटिने निश्चित भइनसकेको जसपाका नेता राजेन्द्र श्रेष्ठले दाबी गरे । भट्टराईलाई मोर्चामा ल्याउन जसपा अध्यक्ष उपेन्द्र यादव अनुदार भएको दाबी गरिएको छ । सोही कारण उनको सहभागिता अनिश्चित बनेको बैठकमा सहभागी अर्का एक नेताले बताए ।

उनले भने ‘बाबुरामजीलाई समेट्न सबै सहमत हुनुहुन्थ्यो । उपेन्द्रजीले मान्नु भएन’, ती नेताले भने, ‘वामदेवले भने आफैँले चासो दिनु भएको छैन ।’ नेताहरूका अनुसार अन्तिम समयसम्म पनि भट्टराई र गौतमलाई मोर्चामा समेट्न भने पहल जारी रहनेछ ।

यसैबीच समाजवादी मोर्चामा भट्टराईलाई पनि सहभागी गराउन नेपाल समाजवादी र माओवादी केन्द्र दुबैतर्फका नेताहरू जोडतोडका साथ लागेका छन् । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि भोलिसम्म भट्टराईलाई मोर्चामा समेट्ने प्रयास हुने बताए ।

यदि मोर्चामा भट्टराईलाई नसमेटिए माओवादीसँग एकता गरेर भए पनि समेटिनुपर्ने माओवादीका अर्का एक नेताले बताए । ‘बाबुरामलाई मोर्चामा नसमेटे पार्टी एकता गरेर भए पनि समेट्नु पर्छ भनेर सुझाव दिएका छौँ’, माओवादी केन्द्रका ती नेताले भने, ‘त्यसो भएमा भट्टराई स्वतः मोर्चामा समेटिनु हुन्छ ।’ यस्तै नेपाल समाजवादी पार्टीका नेताहरूले पनि माओवादी केन्द्रका नेताहरूलाई भेटेर एकता गरेरै भए पनि समेटिनुपर्ने दबाब दिएका छन् । यसबारेमा स्वयम् भट्टराईले भने मुख खोलेका छैनन् ।

गत असार १ गते भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समाजवादी मोर्चामा समेटिने बताएका थिए । प्रचण्डलाई भेटेर फर्किएपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम र संगठनात्मक विधि निर्माणमा लाग्ने बताएका थिए ।

‘प्रम पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसी, लगायतका शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भयो’ बाबुरामले ट्वीटरमा लेखेका थिए, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानकालागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भयो ।’ समाजवादी मोर्चाका विषयमा बाहिर चलेका हल्लामा नबग्न समेत बाबुरामले सबैमा आग्रह गरेका थिए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:५७

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई...

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२०

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा...