नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यता

वि.सं.२०७९ असोज २१ शुक्रवार

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने र सो विद्युत् राष्ट्रिय खपतका लागि आवश्यक भन्दा धेरै हुन्छ भन्ने आँकलन हुन थालेपछि सोही विद्यु्त् बाट हाइड्रोजन उत्पादन गर्ने तथा बातावरणीय र आर्थिक हिसावले प्रगति हासिल हुन सक्छ भन्ने सोचका साथ हाइड्रोजन बहसले व्यापकता पाउँदै आएको छ । बहस अव टेबल स्टडी तथा सञ्चारमाध्यमका विषय बस्तुमा मात्र होइन, एक कदम अगाडी बढेको छ । असोज २४ र २५ गते राजधानी काठमाडौमै पहिलोपटक अन्तरराष्ट्रिय विज्ञ तथा व्यक्तित्वको सहभागिता रहने सरकारी तथा गैर सरकारी निकायको आयोजनामा पहिलो पटक नेपाल हाइड्रोजन सम्मेलन २०२२ नै हुन लागेको छ । “नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिदै गरेका हिमालहरुका लागि एन्टीडोट” भन्ने मुख्य सार सहित सम्मेलन आयोजना हुन लागेको हो ।

प्रकाशित समय : २१:५८ बजे