back
himalayan life

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि चोरी भएर अमेरिकासम्म पुगेका दोलखाका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मूर्ति स्वदेश फर्काउने अभियान सफल भएको छ ।

करिब चार वर्षसम्म निरन्तर कानुनी, कूटनीतिक र प्राविधिक प्रयासपछि ती बहुमूल्य सम्पदा अन्ततः असार ४ गते आफ्नै थलो दोलखा फर्किएका हुन्।

वि.स. २०५० फागुन २२ र २०५१ फागुन २४ गते दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट मल्लकालीन आकाश भैरवका दुई मूर्ति चोरी भएका थिए। त्यसयता सम्पदाको कुनै अत्तोपत्तो थिएन।

तर, वि.स. २०७४ को इन्द्रजात्राका अवसरमा अनिलचन्द्र श्रेष्ठले ‘फोटोमा मात्र देख्न सक्छौँ हाम्रो हाँथ्व देउ’ शीर्षकमा सामाजिक सञ्जालमा सार्वजनिक गरेको पुरानो तस्वीर नै सम्पदा खोजी अभियानको महत्वपूर्ण प्रमाण बन्यो। पछि सोही तस्वीरलाई आधार बनाएर बालकृष्ण पासाले लेख तयार पारेका थिए।

उक्त सामग्री लष्ट आर्टस अफ नेपालको ध्यानमा पुगेपछि मूर्ति खोजी अभियानले नयाँ मोड लिएको थियो।

२०७९ सालदेखि अनिलचन्द्र श्रेष्ठ, यज्ञकुमार प्रधान, सञ्जय अधिकारी तथा नेपाल हेरिटेज रिकभरी क्याम्पेन र ष्ट आर्टस अफ नेपालको समन्वयमा प्रमाण संकलन, प्रहरीमा दर्ता गरिएका पुराना जाहेरी फेला पार्ने, पुरातत्व विभागमा निवेदन दिने तथा अमेरिकी निकायसँग कानुनी प्रक्रिया अघि बढाउने काम सुरु गरिएको थियो।

यस क्रममा अमेरिकाको न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयसँग पटक–पटक भर्चुअल बैठक सम्पन्न भएको थियो। अनुसन्धानपछि अमेरिकाका दुई सङ्ग्रहालयमा रहेका दुवै मूर्ति जफत गरिए र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासलाई हस्तान्तरण गरिएको थियो।

मूर्ति नेपाल ल्याउने क्रममा नेवाः गुठी न्यूयोर्कका अध्यक्ष विजयमान सिंह र सचिव प्रेमगोपाल महर्जनले ढुवानी खर्चदेखि समन्वयसम्म महत्वपूर्ण सहयोग गरेका बताइन्छ । उनको पहलपछि दोलखाका दुईसहित चार ऐतिहासिक मूर्ति नेपाल ल्याउन सफल भएको अभियानमा संलग्नहरूले बताएका छन्।

०८० माघ १७ गते पुरातत्व विभागले पत्रकार सम्मेलनमार्फत मूर्ति नेपाल आइपुगेको जानकारी दिएको थियो। त्यसपछि ती मूर्तिलाई नेपाल राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रूपमा राखिएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि असार ४ गते करिब ३० वर्षपछि आकाश भैरवका दुवै मूर्ति पुनः दोलखा फर्काइएका हुन्।

एउटा पुरानो तस्वीर, स्थानीयवासीको निरन्तर प्रयास, कानुनी प्रमाण संकलन, अन्तर्राष्ट्रिय समन्वय तथा सम्पदा संरक्षण अभियन्ताहरूको अथक मेहनतकै कारण यो ऐतिहासिक सफलता सम्भव भएको हो।

सम्पदा फिर्ता गराउने अभियानमा नेपाल हेरिटेज रिकभरी क्याम्पेनका सचिव सञ्जय अधिकारी, आर्टस अफ नेपाल, न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालय, पुरातत्व विभाग, नेवाः गुठी न्यूयोर्क, नेपाल राष्ट्रिय सङ्ग्रहालय तथा अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै संस्था र व्यक्तिप्रति दोलखावासीले आभार व्यक्त गरेका छन्।

स्थानीयवासीका अनुसार यो केवल दुई वटा मूर्ति फिर्ता आएको घटना मात्र नभई नेपालको विदेश पुगेका ऐतिहासिक तथा धार्मिक सम्पदा स्वदेश फर्काउने अभियानका लागि प्रेरणादायी उदाहरण बनेको छ।

पुरानो तस्वीरले सुरु गरेको खोजी अन्ततः तीन दशकपछि सांस्कृतिक इतिहास पुनः आफ्नै भूमिमा फर्काउने सफल अभियानमा परिणत भएको उनीहरूको भनाइ छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२...

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५७

काठमाडौं । फिफा विश्वकप २०२६को सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक...

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

वि.सं.२०८३ असार ४ बिहीवार १७:१६

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का...

आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

वि.सं.२०८३ असार ४ बिहीवार १७:१४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन...