मनाङबाट सुरु भयो मतगणना: एमालेको अग्रता

वि.सं.२०७९ वैशाख ३० शुक्रवार

मनाङ । हिमाली जिल्ला मनाङबाट स्थानीय तह निर्वाचनको मतगणना १० बजेबाट सुरु भएको छ ।
चामे गाउँपालिकामा मतगणना सुरु भएको हो । कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रतालिएका छन् ।
एमालेका लोकेन्द्रबहादुर घलेले १५२ ल्याउँदा उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् ।
यस्तै काँग्रेसबाट अध्यक्षका उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्षमा मिङमार ढोमा लामाले १५४ मत पाएका छन् । अन्यपालिकाको भने मतगणना सुरु भएको छैन ।

प्रकाशित समय : २२:५३ बजे