स्थानीय निर्वाचन : दाङमा माओवादीले खाता खोल्यो

वि.सं.२०७९ वैशाख ३१ शनिवार

दाङ। दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।
यो वडामा कुल ७१४ मत खसेको थियो । मगरले ३५८ प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
यो वडामा नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवारहरू गुलाफको फूल १७ र छाता चुनाब चिह्नले जम्मा १ मत प्राप्त गरेका थिए ।
यहाँ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।

प्रकाशित समय : ०८:४५ बजे