back

आजदेखि गद्दी बैठक सर्वसाधारणका लागि खुला,शुल्क तिर्नु नपर्ने , के-के हेर्न पाइन्छ ?

काठमाडौं । वसन्तपुरस्थित गद्दी बैठक आज (मंगलबार)देखि सर्वसाधारणका लागि खुला गरिन भएको छ । अपराह्न ४ बजे एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उदघाटन गर्नेभएका छन्।

२०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा पुनर्निर्माण भएको थियो ।

साथै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र हेर्न सकिने छ । गद्दी बैठक अवलोकनको लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नु नपर्ने दरबार हेरचाह अड्डाले जनाएको छ ।

गद्दी बैठकको निर्माण सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गद्दी बैठक उद्घाटन गरेका थिए । पुनर्निर्माण सकेपनि भित्रको व्यवस्थापन मिलाउन बाँकी रहेकाले सर्वसाधारणलाई प्रवेश खुला गर्न केही ढिलाइ भएको थियो ।

गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नवशास्त्रीय (नियोक्लासिकल) शैलीमा बनेको हो, जुन विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिनका लागि प्रयोग गर्ने गरिन्थ्यो । यसबाहेक राज्यको महत्वपूर्ण बैठकका लागि गद्दी बैठकको प्रयोग गरिन्थ्यो । अन्तिम पटक राजा महेन्द्रको पालामा ओहोदाको प्रमाणपत्र गद्दी बैठकबाटै दिएको प्रमाण पाइएको खनाल बताउँछन् । गद्दी बैठकमै राजाको गद्दी आरोहणको समारोह पनि गरिन्थ्यो ।

१९औं शताब्दीसम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध भारत र चीनमा सीमित थियो । जंगबहादुर राणाले युरोप भ्रमण गरेपछि उताका पाहुना पनि आउने क्रम सुरु भयो र विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले वि. सं. १९६५ मा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरेका हुन् ।

यसको फल सिलिङ मेटलबाट बनाइएको छ । यसको सिलिङमा झुण्डिएका बत्तीमा प्रयोग गरिएका काँच बेल्जियमबाट ल्याएको बताइन्छ । ती बत्तीहरुमा मैनबत्ती राखेर बाल्न समेत मिल्ने गरी बनाइएको छ । बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरुको तस्वीर राखिएको छ ।

त्यस्तै, ढोकाबाट प्रवेश गर्नेबित्तिकै एउटा काठबाट बनेको कलात्मक द्वार देखिन्छ । त्यो बर्मा सरकारले उपहार स्वरुप दिएको अड्डाका प्रमुख खनाल बताउँछन् ।गद्दी बैठकमै विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुख एवं अन्य विशिष्ठ पाहुनाहरु जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने बेलामा हुन्छ ।

गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विवरण तथा सामग्रीहरु राखिएको छ । भुइँ तलामा प्रवेश गर्नेबत्तिकै पृथ्वीनारायण शाहद्वारा बाइसी र चौबीसी राज्य एकीकरण गर्ने बेला प्रयोग भएको बन्दुक देखिन्छ ।

ग्यालरीको अन्तिममा नेपालको नयाँ संविधान जारी हुँदासम्मको विवरण राखिएको छ । बीचमा विभिन्न समयमा प्रयोग गरिएका सामग्रीसँगै वृत्तचित्र, विभिन्न समयका नेपालको राष्ट्रिय झण्डाहरुको आकृति राखिएको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...