back

भीमेश्वर नगरपालिकामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

दोलखा। नेपाल बैंक लिमिटेडले आफ्नो ५० औं एक्सटेन्सन काउन्टर दोलखा चरिकोटस्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी गर्नुभएको थियो ।

समुद्घाटन समारोहको अध्यक्षता नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय, बागमतिप्रदेशका प्रमुख विनय केसरी पौड्यालले गर्नुभएको थियो भने उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुखजिल्लाअधिकारी भोजराज खतिवडा लगाएत दोलखास्थित सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख, उद्योेगी व्यबसायी, जनप्रतिनिधिहरु,पत्रकार, नागरिक समाजका अगुवा, बैंक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महालेखा नियन्त्रक एवं बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले समुद्घाटन समारोहलाई सम्बोधन गर्दै काठको कन्तुरबाट शुरु भएको बैंकको इतिहास डिजिटल बैंकिङसम्म आईपुगेको र बैंकले बढ्दो प्रतिस्पर्धामा आफुलाई अब्बल राख्न सामिप्यताको सिद्धान्त अबलम्वन गरेको बताउनुभयो ।

उक्तअवसरमा आफ्नो बिचार राख्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जिजु बाजेको बैंकले नाति पनातिको पुस्तालाई जोड्न सकेकोमा खुसीव्यक्त गर्नुभयो ।

त्यसैगरी भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले नगरपालिका भित्रका नागरिकलाई गुणस्तरीय एवं छिटो छरितो सेवाप्रदान गर्न कार्यालय परिसर भित्रै बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिएको र बैंकको एक्सटेन्सन काउन्टर स्थापनाले भीमेश्वर स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी नेपाल बैंक लिमिटेडका प्रमुख कार्याकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले भीमेश्वर नगरपालिकाका नागरिकलाई उच्च प्राथमिकतामा राखी कार्यालय परिसरमा नै एक्सटेन्सन काउन्टर संचालनमाल्याएको र यसले बैंक र नगरपालिकाबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

वि.सं.२०८२ चैत १७ मंगलवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

वि.सं.२०८२ चैत १० मंगलवार १८:१०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक...