back

भीमेश्वर नगरपालिकामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

दोलखा। नेपाल बैंक लिमिटेडले आफ्नो ५० औं एक्सटेन्सन काउन्टर दोलखा चरिकोटस्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी गर्नुभएको थियो ।

समुद्घाटन समारोहको अध्यक्षता नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय, बागमतिप्रदेशका प्रमुख विनय केसरी पौड्यालले गर्नुभएको थियो भने उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुखजिल्लाअधिकारी भोजराज खतिवडा लगाएत दोलखास्थित सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख, उद्योेगी व्यबसायी, जनप्रतिनिधिहरु,पत्रकार, नागरिक समाजका अगुवा, बैंक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महालेखा नियन्त्रक एवं बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले समुद्घाटन समारोहलाई सम्बोधन गर्दै काठको कन्तुरबाट शुरु भएको बैंकको इतिहास डिजिटल बैंकिङसम्म आईपुगेको र बैंकले बढ्दो प्रतिस्पर्धामा आफुलाई अब्बल राख्न सामिप्यताको सिद्धान्त अबलम्वन गरेको बताउनुभयो ।

उक्तअवसरमा आफ्नो बिचार राख्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जिजु बाजेको बैंकले नाति पनातिको पुस्तालाई जोड्न सकेकोमा खुसीव्यक्त गर्नुभयो ।

त्यसैगरी भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले नगरपालिका भित्रका नागरिकलाई गुणस्तरीय एवं छिटो छरितो सेवाप्रदान गर्न कार्यालय परिसर भित्रै बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिएको र बैंकको एक्सटेन्सन काउन्टर स्थापनाले भीमेश्वर स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी नेपाल बैंक लिमिटेडका प्रमुख कार्याकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले भीमेश्वर नगरपालिकाका नागरिकलाई उच्च प्राथमिकतामा राखी कार्यालय परिसरमा नै एक्सटेन्सन काउन्टर संचालनमाल्याएको र यसले बैंक र नगरपालिकाबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।


नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:०७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।...

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:४७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...

एनआईसी एशिया बैंकमा ‘गोठालो’ प्रकरण: मिलेमतोमा करोडौँ ऋण अपचलन

एनआईसी एशिया बैंकमा ‘गोठालो’ प्रकरण: मिलेमतोमा करोडौँ ऋण अपचलन

वि.सं.२०८२ वैशाख २५ बिहीवार १३:४४

काठमाडौं । एनआईसी एशिया बैंकको बनेपा शाखाबाट सञ्चालित एक संगठित...