back

क्यानडाको प्रस्ताव – रुसबाट तेल र ग्यास नकिन्ने देशहरूलाई सहयोग गर्छौ

काठमाडौं । क्यानडाले विश्वव्यापी ऊर्जा संकटको समाधानका लागि आफूले अत्यधिक तेल, ग्यास र युरेनियम दिनका लागि तयार भएको बताएको छ ।

युक्रेनमाथि आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्तिमा बाधा उत्पन्न भएको छ जसका कारण विश्वभरी इन्धनको मूल्य बढिरहेको छ ।

क्यानडाका ऊर्जामन्त्रीका अनुसार थुप्रै देश रुसको तेल र ग्यासको विकल्पका लागि मद्दत गर्नका लागि तयार छन् । क्यानडा विश्वको चौथो सबैभन्दा ठूलो तेल उत्पादक देश हो । क्यानडाले आफू अतिरिक्त दुई लाख ब्यारल तेल दिनका लागि प्रतिबद्ध भएको बताएको छ ।

प्राकृतिक संसाधन मन्त्री जोनाथन विल्किन्सनले बीबीसीसँगको कुराकानीमा क्यानडा एक लाख ब्यारल अतिरिक्त प्राकृतिक ग्यास निर्यात गर्नका लागि तयार भएको बताएका छन् ।

विल्किन्सनले भने, ‘हामीलाई आशा छ कि वर्षको अन्त्यसम्म हामी आफ्नो क्षमतामा तीन लाख ब्यारलसम्म बढाउने छौँ । यद्यपि, रुसमाथि प्रतिबन्धका कारण अर्को महिनादेखि नै तीन लाख ब्यारल तेल र ग्यासको कमी हुनेछ ।’

क्यानडाको तेल निर्यातको क्षमता सिमित छ किनभने उसको पाइपलाइनले अहिलेसम्म आफ्नो पूरा क्षमताले काम गरिरहेको छ । यद्यपि, विल्किन्सनका अनुसार अमेरिकामार्फत् तेल पठाउने एउटा विकल्प भने खुला नै छ ।

यस्तै, क्यानडाको सबैभन्दा ठूलो पाइपलाइन कम्पनी एनब्रिजले बीबीसीसँगको कुराकानीमा आफूहरु उत्तरी अमेरिका र युरोपमा ऊर्जा आपूर्ति बढाउनका लागि हर सम्भव कदम उठाउन लागि तयार भएको बताएको छ ।

युक्रेनमा युद्धका कारण थुप्रै देशले रुसको ग्यास र तेलमाथि प्रतिबन्ध लगाइदिएको छ । यसैकारण अन्तर्राष्ट्रिय बजारमा तेलको दाम बढिरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...