back

प्रभू महालक्ष्मीको नाफा २५.५४ प्रतिशत वृद्धि, इपिएस पनि बढ्यो

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

सावर्जनिक भएकोविवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको नाफा २५.७४ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीको खुद नाफा २५.७४ प्रतिशत वृद्धि भई १२ करोड ६२ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.१८ प्रतिशत वृद्धि भई १ अर्ब १७ करोड २९ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको कुल आम्दानी ११.६७ प्रतिशत वृद्धि भई १ अर्ब ५७ करोड ८१ लाख र कुल खर्च पनि १०.५९ प्रतिशत बढेर १ अर्ब ४५ करोड १८ लाख रुपैयाँ कायम भएको छ ।

सो अवधिमा कम्पनीको खुद दावी भुक्तानी पनि १२.२७ प्रतिशत बढेको छ । कम्पनीले समिक्षा अवधिमा १ अर्ब १५ करोड १४ लाख रुपैयाँ खुद दावी भुक्तानी दिएको छ ।

यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी (इपिएस) पनि बढेर १०.६९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११९.३४ रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख छ । कम्पनीको महाविपत्ति कोषमा भने ९ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

 


दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ असार १७ मंगलवार १५:५३

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा...

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

वि.सं.२०८२ असार १७ मंगलवार १२:१६

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि...