back
Naima

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूमध्ये क्लासिक टेक प्रालिले सबैभन्दा उच्च ग्राहक वृद्धिदर हासिल गरेको छ।

२०८२ असारदेखि २०८३ असारसम्मको एक वर्षमा क्लासिक टेकको ग्राहक संख्या ५६ प्रतिशतले बढेको छ। कम्पनीका ग्राहक १ लाख ८७ हजार १३७ बाट बढेर २ लाख ९२ हजार ९२२ पुगेका छन्।

वार्षिक ग्राहक वृद्धिदरमा क्लासिक टेकपछि वाइफाइ नेपाल ४७ प्रतिशत वृद्धिसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै, नेपाल टेलिकम १९ प्रतिशत, भायानेट १७ प्रतिशत, वर्ल्डलिंक ७ प्रतिशत र डिसहोम ३ प्रतिशत वृद्धिसहित क्रमशः पछाडि छन्। सुबिसुको ग्राहक संख्या भने १० प्रतिशतले घटेको छ।

प्रमुख आईएसपीको ग्राहक वृद्धिदर

क्लासिक टेक — ५६ प्रतिशत
वाइफाइ नेपाल — ४७ प्रतिशत
नेपाल टेलिकम — १९ प्रतिशत
भायानेट — १७ प्रतिशत
वर्ल्डलिंक — ७ प्रतिशत
डिसहोम — ३ प्रतिशत
सुबिसु — १० प्रतिशत घटेको

एनटीए तथ्यांकअनुसार ग्राहक संख्याका आधारमा क्लासिक टेक हाल नेपालको पाँचौँ ठूलो आईएसपी हो। कम्पनीको बजार हिस्सा ८.२० प्रतिशत रहेको छ। शीर्ष आईएसपीमध्ये ग्राहक वृद्धिदरका आधारमा भने क्लासिक टेक सबैभन्दा अगाडि देखिएको छ।

कम्पनीले आफ्नो तीव्र ग्राहक वृद्धिको आधारमा प्रविधि र पूर्वाधारमा गरेको लगानीलाई प्रमुख कारण मानेको छ। क्लासिक टेकले आवासीय इन्टरनेट प्याकेजमा सुरुवाती तहदेखि नै Wi-Fi 6 राउटर उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीको नेटवर्क हाल ७४ जिल्लामा विस्तार भएको छ। कर्पोरेट ग्राहकका लागि व्यवस्थित डाटा सेन्टर, डार्क फाइबर, L2/L3 सपोर्ट तथा २४ घण्टा सञ्चालन हुने नेटवर्क अपरेसन सेन्टर लगायतका सेवा उपलब्ध गराउँदै आएको छ।

कम्पनीका अनुसार बजार परिपक्व हुँदै जाँदा ग्राहकले केवल मूल्यभन्दा पनि नेटवर्कको गुणस्तर र सेवाको विश्वसनीयतालाई प्राथमिकता दिन थालेका छन्।

क्लासिक टेकले सन् २००९ देखि नेपालमा फाइबर ब्रोडब्यान्ड, इन्टरप्राइज कनेक्टिभिटी र आईपीटीभी सेवा प्रदान गर्दै आएको छ। कम्पनीले पूर्वाधार विस्तारसँगै ग्राहक सेवा र नेटवर्क क्षमतामा निरन्तर लगानी गर्दै जाने जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५३

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा...

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३९

काठमाडौं । यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानीमा सीमित ब्रान्डको उच्च...

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको...

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...