back
Naima

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका नेपालका जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफामा गिरावट आएको छ। उपलब्ध वित्तीय तथ्यांकअनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीको कुल खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५३ प्रतिशतले घटेको छ। समीक्षा अवधिसम्म यी १४ कम्पनीहरूले कुल ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूको कुल नाफा ६ अर्ब ८ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
समग्र क्षेत्रको नाफा घटे पनि नाफा वृद्धिदरका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। सिटिजन लाइफले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको १८ करोड ९१ लाख रुपैयाँको तुलनामा १०६.६३ प्रतिशतको उल्लेख्य वृद्धि हो। त्यसैगरी, एलआईसी नेपालको खुद नाफा २८.४५ प्रतिशतले बढेर ४० करोड ५८ लाख रुपैयाँ पुगेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ८.५५ प्रतिशतले बढेर ३८ करोड २ लाख रुपैयाँ पुगेको छ।
अन्य सकारात्मक वृद्धि हासिल गर्ने कम्पनीहरूमा रिलायबल नेपाल लाइफले २.१८ प्रतिशतको वृद्धिसहित ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। आईएमई लाइफले ०.१६ प्रतिशतको सामान्य वृद्धिसहित ५८ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यसैगरी सानिमा रिलायन्स लाइफको नाफा १.६९ प्रतिशतले बढेर ३८ करोड ३९ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको नाफा १.३१ प्रतिशतले बढेर ३७ करोड ५६ लाख रुपैयाँ पुगेको छ।
अर्कोतर्फ, जीवन बीमा क्षेत्रका ठूला र स्थापित कम्पनीहरूको नाफामा आएको सङ्कुचनले समग्र नाफा घट्न मुख्य भूमिका खेलेको छ। जीवन बीमा क्षेत्रकै ठूलो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको तुलनामा १५.०२ प्रतिशतले घटेर ४६ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ। सन नेपाल लाइफको नाफा २२.८४ प्रतिशतले घटेर ४१ करोड ८६ लाख रुपैयाँमा झरेको छ भने नेशनल लाइफ इन्स्योरेन्सको नाफा १०.२३ प्रतिशतले घटेर ३७ करोड ६२ लाख रुपैयाँ कायम भएको छ।
नाफामा सबैभन्दा ठूलो गिरावट मेट लाइफमा देखिएको छ, जसको खुद नाफा ५५.२९ प्रतिशतले घटेर ३७ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको नाफा पनि ४१.९० प्रतिशतले घटेर ३१ करोड ७८ लाख रुपैयाँमा पुगेको छ। यसैबीच, सरकारी स्वामित्व संलग्न रहेको राष्ट्रिय जीवन बीमा कम्पनी भने नाफाबाट घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षमा २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको सो कम्पनीले समीक्षा अवधिमा २ करोड ३८ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ।
समग्रमा, १४ जीवन बीमा कम्पनीमध्ये केहीले नाफामा उत्साहजनक सुधार गरे तापनि मेट लाइफ, हिमालयन लाइफ, सन नेपाल लाइफ, नेपाल लाइफ र नेशनल लाइफजस्ता ठूला बीमकहरूको नाफामा आएको तीव्र कमी तथा राष्ट्रिय जीवन बीमा कम्पनीको घाटाका कारण समग्र जीवन बीमा क्षेत्रको खुद नाफामा दबाब परेको देखिन्छ।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...