back
Naima

दराज ११.११ सेल : ८० प्रतिशतसम्म छुट दिएकै हो ?

काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्मको रूपमा चिनिएको दराजले बहुप्रतिक्षित ‘दराज ११.११ सेल’ अभियानको आयोजना गर्दैछ । कात्तिक २६ देखि मङ्सिर ६ (नोभेम्बर ११ देखि २१) गतेसम्म आयोजना हुने सेल योजनामा ८० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

यस वर्ष फ्ल्यास सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा र तीन करोड रुपैयाँसम्मका भौचरहरूका साथै अविश्वसनिय छुट लगायत सुविधाहरू उपलब्ध हुने दाबी दराजको छ ।

तर बजारमूल्य भन्दा बढी मूल्य देखाएर दराजले ८० प्रतिशतसम्म छुटको नाटक मञ्चन गरिरहेको छ । कतिपय सामान बजारमा नै मूल्य घटेर आइसकेको भए पनि दराज ११.११ सेल योजनाको छुट भनेर समावेश गरेको अवस्था छ ।

सामसुङको १९२ लिटरको सिंगल डोर रेफ्रिजेनेरेटरको मूल्य कम्पनीबाट नै घटेर आएको छ । पहिले ३२ हजार ९९० रुपैयाँ रहेको उक्त रेफ्रिजेनेरेटरको मूल्य अहिले २७ हजार ५०० रुपैयाँ रहेको छ ।

दराजले १७ प्रतिशत छुट भन्दै उक्त रेफ्रिजेनेरेटरको मूल्य २७ हजार ४९० तोकेको छ । कम्पनीले तोकेको मूल्यसँग तुलना गर्ने हो भने दराजले १० रुपैयाँ मात्र छुट दिएको देखिन्छ । तर झट्ट हेर्दा भने १७ प्रतिशत छुट भनेर ग्राहक झुक्किन्छन् ।

अल्टिमा एक्टिभ स्मार्टवाचलाई दराजले २० प्रतिशत छुट दिने उल्लेख गरेको छ । तर कम्पनीले नै यसको बजारमूल्य २१ प्रतिशत घटाएर ४ हजार ३९९ मा झारेको छ । दराजले पनि यसलाई ‘दराज ११.११ सेल’ छुटको नाममा सोही मूल्य राखेको छ । यसको पुरानो बजारमूल्य ५ हजार ४९९ थियो ।

मिडियाको एक्सट्रीम सेभ सिरिजअन्तर्गतको मिडिया डिसी इन्भर्टर वाल माउन्टेन्ड वान टन एयर कन्डिसनरको बजारमूल्य कम्पनीले ६५ हजार ७०० रुपैयाँ तोकेको छ । दराजले यसलाई १० प्रतिशत छुट भन्दै ६५ हजार ६९९ तोकेको छ । दराजले यसको पुरानै मूल्य ७३ हजार देखाएर छुट देखाएको देखिन्छ ।

यसअघि नै मूल्य समायोजन भएर आएको वान प्लस नर्ड सीइ थ्रीलाई दराजले ३१ प्रतिशत छुट दिएको दाबी गरेको छ । तर छुट भने देखिँदैन कम्पनीले नै ३६ हजार ९९९ तोकेको छ । दराजले पनि सोही मूल्य राखेर ३१ प्रतिशत छुटको नाटक मञ्चन गरेको छ ।

यी बाहेक अन्य धेरै सामग्रीमा पुरानो मूल्य र अहिलेको बजारमूल्यलाई देखाएर छुट देखाएको देखिन्छ ।
८० देखि ८५ प्रतिशत छुटको नाम गरिए पनि सामान्य सामानमा मात्र उक्त डिस्काउन्ट देख्न सकिन्छ । सनग्लास, जुत्ता, वालपेपर, बोत्तल, ह्याण्ड ग्रिप, लगायत केही कपडाहरू छन् । जसको बजारमूल्यभन्दा अधिक मूल्य देखाएर भव्य छुट देखाइएको छ । फ्लास सेल नाम दिइएको यसमा ग्राहकले ८० प्रतिशतसम्म छुटको महसुस गर्ने देखिँदैन ।

यता दराजकी जनसम्पर्क विभागकी प्रशन्ना महर्जन भने दराजले माध्यमको काम मात्रै गर्ने र सम्बन्धित कम्पनी अथवा ब्राण्डले नै मूल्य निर्धारण गर्ने बताउँछिन् । दराजले ग्राहक र ब्राण्डलाई जोड्ने पुलको रूपमा काम गर्दै आएको उनले बताइन् ।

बैंकदेखि ब्राण्डसम्म पार्टनर

यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थादेखि विभिन्न ब्राण्डसँग सहकार्य गरेको छ ।

दराजले १० वटा बैंक र २ वटा वालेट पार्टनरहरूसँगको सहकार्यमा छुटको व्यवस्था मिलाएको छ । जसमा नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंक छन्।

त्यस्तै, आफ्नो इ–सेवा र आईएमई पे वालेट मार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन्। जसबाट ११.११ सेलमा प्रिपेमेन्ट (अग्रिम भुक्तानी) मार्फत दुई हजार ५०० सम्मको छुटहरू प्रदान गरिने दराजले जनाएको छ । यी बैंकका डेबिट कार्डहरूमार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुटदेखि अधिकतम दुई हजारसम्म प्राप्त गर्न सक्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत छुटदेखि अधिकतम दुई हजार ५०० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

दराजले ७ वटा डाइमन्ड ब्राण्ड पार्टनरहरू राखेको छ । सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा डाइमन्ड ब्राण्ड पार्टनर हुन्।

प्लेटिनम पार्टनरहरूमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन् । गोल्ड ब्राण्ड पार्टनरहरूमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन्।

यस अभियानमार्फत दैनिक रुपमा ११, १११ र ११११ रुपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले ६९९, ९९९, १९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउने दराजले जनाएको छ ।

दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् ।
थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि जित्न सक्नेछन् ।

सन् २०१२ मा सुरु भएको दराज पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमार र नेपालमा सक्रिय उपस्थितिका साथ दक्षिण एसियाको प्रमुख अनलाइन सपिङ बजार कहलिएको छ ।

हाल दराजसँग ३० हजार बिक्रेता र ५०० ब्रान्डहरू छन् । यसले आफ्नो क्षेत्रभरि ५० लाख उपभोक्ताहरूलाई सेवा दिइरहेको छ ।

यसले उपभोक्ता इलेक्ट्रोनिक्सदेखि लिएर घरायसी सामान, सौन्दर्य, फेसन, खेलकुद उपकरण र किराना सामानहरू बिक्री गर्दै आइरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५३

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा...

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३९

काठमाडौं । यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानीमा सीमित ब्रान्डको उच्च...

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको...

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...