back

साहस उर्जाले ३ महिनामा कमायो ४० करोड नाफा

 

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको तुलनामा १६.०७ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी भने २।९३ प्रतिशतले घट्दै ८६ करोड ७१ लाख रुपैयाँमा सीमित बनेको छ ।

कम्पनीले विद्युत बिक्रीबाट ८६ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २.९३ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको वित्तीय खर्च पनि ३२ करोड ८९ लाखबाट घटेर २३ करोड ४० लाख कायम भएको छ । कम्पनीको रिजर्भको आकार २ अर्ब ४९ करोडबाट बढेर २ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । तिन अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ९६ करोड जम्मा रहेको छ ।

कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०३.४५ रुपैयाँ, पीई रेसियो १०.६० गुणा र तरलता अनुपात ०.४५ प्रतिशत कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४५.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ रहेको छ ।


नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:०७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।...

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:४७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...

एनआईसी एशिया बैंकमा ‘गोठालो’ प्रकरण: मिलेमतोमा करोडौँ ऋण अपचलन

एनआईसी एशिया बैंकमा ‘गोठालो’ प्रकरण: मिलेमतोमा करोडौँ ऋण अपचलन

वि.सं.२०८२ वैशाख २५ बिहीवार १३:४४

काठमाडौं । एनआईसी एशिया बैंकको बनेपा शाखाबाट सञ्चालित एक संगठित...