back
Naima

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३७ करोड ५५ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशतले मात्र बढी हो। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले ३७ करोड ७ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद नाफामा सामान्य मात्र सुधार देखिए पनि कम्पनीको खुद बीमा शुल्क (नेट प्रिमियम) आर्जन भने २०.९७ प्रतिशतले बढेर ६ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी पनि १३.६३ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

आम्दानीसँगै कम्पनीको दाबी भुक्तानी र खर्च पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १४.२१ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यसैगरी, कम्पनीको कुल खर्च १४.३६ प्रतिशतले बढेर ७ अर्ब १४ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ। यता, कम्पनीको सञ्चित मुनाफा (Retained Earnings) भने १८.३५ प्रतिशतले घटेर ४२ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।

खुद नाफामा सुस्त वृद्धि र चुक्ता पुँजी बढेका कारण कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) मा सामान्य गिरावट आएको छ। अघिल्लो वर्ष ७.२६ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा घटेर ७.०८ रुपैयाँ कायम भएको छ। यद्यपि, कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११५.९२ रुपैयाँबाट बढेर ११६.५८ रुपैयाँ पुगेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:१८

काठमाडाैं । गत आर्थिक वर्षमा सिटिजन लाइफ इन्स्योरेन्सले ३९ करोड...

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछाल, अन्य सूचक कस्ता ?

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछाल, अन्य सूचक कस्ता ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:१२

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंक लिमिटेडकाे...

सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार र बीमा कोषमा उत्साहजनक वृद्धि, दाबी भुक्तानी बढ्दा नाफा भने घट्याे

सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार र बीमा कोषमा उत्साहजनक वृद्धि, दाबी भुक्तानी बढ्दा नाफा भने घट्याे

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४४

काठमाडाैं । निर्जीवन बीमा क्षेत्रमा आक्रामक बजार विस्तार गरिरहेको सानिमा...