back

निर्जीवन बीमा कम्पनीको व्यवसाय १० प्रतिशतले बढ्यो, अग्रस्थानमा सलिको, सिद्धार्थ र शिखरबीच प्रतिस्पर्धा

काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब नौ करोड ७२ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् ।

हाल सञ्चालनमा रहेका १४ वटा निर्जीेवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन गत आवको सोही अवधिको तुलनामा १०.७४ प्रतिशतले बृद्धि भएको छ ।

कार्तिकमा मात्रै कम्पनीहरूले दुई लाख २९ हजार ९४ वटा बीमालेख बिक्री गरि २ अर्ब ७० करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

व्यापारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । समिक्षा अवधिमा कम्पनी सर्वाधिक व्यापार गर्ने कम्पनीको पहिलो सूचीमा छ ।

चार महिनामा कम्पनीले १ अर्ब ७७ करोड ६७ लाख ९३ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ९१ हजार ८७७३ बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । कार्तिकमा मात्रै कम्पनीले ३४ करोड ४ लाख बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४६ करोड २६ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साउनदेखि कार्तिकसम्म कम्पनीले ९९ हजार ४२४ वटा बीमालेख गरेको हो । कार्तिकमा मात्रै कम्पनीले २४ हजार ६३५ वटा बीमालेख बिक्री गरि २९ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रोमा रहेको शिखर इन्स्योरेन्स । कम्पनीले पनि चार महिनामा १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले एकै महिना ९८ हजार १८५ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।

यस्तै, समिक्षा अवधिमा एनएलजीले ९४ करोड १९ लाख, ओरियण्टलले ९२ करोड ८६ लाख, युनाईटेड अजोडले ८४ करोड १ लाख, नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख, सानिमा जिआइसीले ७७ करोड ९३ लाख, प्रभूले ६२ करोड ७५ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ६१ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड २७ लाख, हिमालयन एभरेष्टले १ अर्ब १४ करोड ९८ लाख, आइजीआई प्रुडेन्सियलले १ अर्ब १३ करोड ४९ लाख र नेशनलले ४९ करोड ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको सावर्जनिक तथ्यांकमा देखिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...