back

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४।० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

मंसिर ७ गते पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकले बताएका छन् ।

यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७० भन्दा बढी स्टार्टअपहरु दर्ता भएका छन् । उक्त ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरशिप र वृद्धिका अवसरहरूका बारेमा विस्तृत जानकारी प्रदान गरेको थियो ।

कार्यक्रमको सुरुवात एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाको स्वागत सम्बोधनबाट भएको थियो जसमा उनले स्टार्टअपहरुलाई स्केल गर्न र सफल बनाउन यस्ता प्लेटफर्महरूको महत्वलाई जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष सन्दीप शर्माले प्रतियोगिताको संरचनाबारे विस्तृत जानकारी प्रदान गर्दै मेन्टरशिप, नेटवर्किङ र पुरस्कार जित्ने अवसरहरूलाई प्रस्ट पारेका थिए । कार्यक्रमको समापन एनवाईईएफ नेशनल गभर्निङ काउन्सिलकी कार्यकारी सदस्य बिलाषा श्रेष्ठको सम्बोधनबाट भएको थियो ।

कार्यक्रम बारे थप प्रकाश पार्दै बिटुबी सेसनले सहभागीहरूलाई समान विचारधाराका उद्यमीहरू र सम्भावित साझेदारहरूसँग नेटवर्किङ गर्ने अवसर पनि प्रदान गरेको थियो । हाई–टी सेसनका साथ समापन भएको कार्यक्रममा अनौपचारिक अन्तरक्रिया र नेटवर्किङका लागि पनि उपयुक्त वातावरण बनेको थियो ।

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४।० केवल एक प्रतियोगिता मात्र होईन । यो ५ लाख रुपैयाँभन्दा माथिको नगद पुरस्कार, विशेषज्ञ परामर्श र लगानीकर्तासँगको सम्पर्क बढाउने एक प्रगतिशील प्लेटफर्म पनि हो । यस वर्षको बलियो सुरुवातले अर्को सफल संस्करणको संकेत गरेकोे छ ।

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० बारे थप जानकारीका लागि आधिकारिक इभेन्ट पेज हेर्नुहुन अनुरोध गरिएको छ ।


नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:०७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।...

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:४७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...

एनआईसी एशिया बैंकमा ‘गोठालो’ प्रकरण: मिलेमतोमा करोडौँ ऋण अपचलन

एनआईसी एशिया बैंकमा ‘गोठालो’ प्रकरण: मिलेमतोमा करोडौँ ऋण अपचलन

वि.सं.२०८२ वैशाख २५ बिहीवार १३:४४

काठमाडौं । एनआईसी एशिया बैंकको बनेपा शाखाबाट सञ्चालित एक संगठित...