११ महिनामा १५ प्रतिशतले बढ्यो निक्षेप

वि.सं.२०७८ असार ३१ बिहीवार

काठमाडौँ । चालु आर्थिक वर्षको अन्यमा आउँदा पछिल्लो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमा वृद्धि भएको छ । उक्त निक्षेप १५.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.३ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ ।
समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश
क्रमशः ८.७ प्रतिशत, ३२.२ प्रतिशत र ४८.२ प्रतिशत रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.२२ प्रतिशत रहेको छ । २०७७ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४.९८ प्रतिशत रहेको थियो ।
२०७८ असार ३१ गते प्रकाशित

प्रकाशित समय : ०८:३२ बजे