केन्द्रीय बैंकको मोबाइल एप सार्वजनिक

वि.सं.२०७८ असार ३१ बिहीवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मोबाईल एप सार्वजनीक गरेको छ । केन्द्रीय बैंकले असार ३० गते मोबाइल एप सार्वजनिक गरेको हो । एक भर्चुअल कार्यक्रम सार्वजनीक गरि डेपुटी गभर्नर
डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेका हुन् । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्क लगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ ।
मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।
उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिनेछ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम
रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिनेछ ।
मोबाइलमा एप
२०७८ असार ३१ गते प्रकाशित

प्रकाशित समय : ०७:५० बजे