back

एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ उठाउने भएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको जानकारी दिएको हो ।

यसअघि गत हप्ताको बुधबार मात्रै ४० अर्ब रुपैयाँ उठाएको राष्ट्र बैंकले आज पुनः १ खर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने उक्त निक्षेप संकलनमा आज साँझ साढे ३ बजेसम्म आवेदन दिन पाईनेछ ।

न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिने उक्त निक्षेप संकलन बोलकबोलको अवधि भने २१ दिने हुनेछ । यसको सावाँ र ब्याज भुक्तानी भने असोज १३ गते नै गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

हाल बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५१ खर्ब ९९ अर्ब रुपैयाँ छ ।

अर्थात् निक्षेप र कर्जा प्रवाहबीचको फरक १३ खर्ब बढीको छ । हाल वाणिज्य बैंकहरुको मात्रै निक्षेप ५७ खर्ब ४३ अर्ब रुपैयाँ पुग्दा ४५ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको मात्रै कर्जा प्रवाह भएको देखिन्छ ।

लगातार बढिरहेको तरलताका कारण राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट लगातार रकम प्रशोचन गरिरहेको देखिन्छ ।

भदौका महिनामा हालसम्म मात्रै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब ४० अर्ब रुपैयाँ प्रशोचन गरिसकेको छ ।


आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

वि.सं.२०८१ फागुन २७ मंगलवार ०९:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को...

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

वि.सं.२०८१ फागुन २६ सोमवार १८:०४

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब रेमिट्यान्स...

३ करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्नु : अर्थमन्त्री पौडेल

३ करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्नु : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ फागुन २५ आइतवार १६:१३

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३...

देशको विकासका लागि महिलाको समान सहभागिता अत्यन्त जरुरी : प्रधानमन्त्री

देशको विकासका लागि महिलाको समान सहभागिता अत्यन्त जरुरी : प्रधानमन्त्री

वि.सं.२०८१ फागुन २४ शनिवार १२:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा...

सातै प्रदेशमा संवाद र छलफल गरेर बजेटमा उचित सम्बोधन गरिने

सातै प्रदेशमा संवाद र छलफल गरेर बजेटमा उचित सम्बोधन गरिने

वि.सं.२०८१ फागुन २३ शुक्रवार १७:२८

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक...