राष्ट्र बैंकको कारबाहीसँगै नेपाल बैंकको सञ्चालकबाट हटाइए अधिकारी

वि.सं.२०८२ वैशाख ९ मंगलवार

काठमाडौं। नेपाल बैंक लिमिटेडले ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै पैसा उठाएको पुष्टि भएसँगै स्वतन्त्र सञ्चालक पदबाट चन्द्र बहादुर अधिकारीलाई हटाएको छ । बैंकले एक सूचना जारी गर्दे नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागबाट प्राप्त निर्देशन अनुसार अधिकारीलाई हटाएसँगै सो पद रिक्त भएको जानकारी दिएको छ ।
नेपाल बैंकका अध्यक्ष डा. अधिकारीले ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै पैसा उठाएको पुष्टि भएको भन्दै नेपाल राष्ट्र बैंकले पाँच लाख रुपैयाँ जरिवाना गर्नुका साथै राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थामा पाँच वर्षका लागि सञ्चालक हुन अयोग्य हुने ठहर गरेको छ ।

प्रकाशित समय : १२:२३ बजे