back

कर्जाको ब्याज साढे २६ प्रतिशतले घट्यो, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ  ?

ब्याजदर सस्तो हुँदा बैंकको आम्दानी भने घट्ने

nactional life

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याज साढे २६ प्रतिशतले घटेको देखिन्छ । सार्वजनिक तथ्याङ्कअनुसार एक वर्षको अवधिमा बैंकहरूको आधार दर औसत २६.७२ प्रतिशत अर्थात् २.३१ प्रतिशत बिन्दु घटेसँगै कर्जाको ब्याजदर पनि सोही अनुसार घटेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को चैतमा बैंकहरूको आधार दर औसत ६.३५ प्रतिशत बिन्दुमा झरेको देखिन्छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको आधार दर औसत ८.६६ प्रतिशत बिन्दुमा थियो । निक्षेपतर्फको ब्याजदर निरन्तर घटेपछि बैंकहरूको आधार दर घट्न पुगेको हो ।

बैंकहरूको आधारदर घट्दा कर्जाको ब्याजदर पनि स्वतः घट्न पुग्छ । त्यसैले एक वर्षको अवधिमा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत साढे २६ प्रतिशत घटेको देखिन्छ । बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । आधारदर जति नै कम भयो, बैंकको ब्याजदर पनि त्यति नै कम हुने गर्दछ ।

समीक्षा अवधिमा सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । चैतसम्म यस बैंकको आधार दर ५.०२ प्रतिशत बिन्दुमा छ । जबकि गत वर्षको चैतमा आधार दर ७.३१ प्रतिशत बिन्दुमा थियो । गत वर्षको तुलनामा बैंकको आधार दर ३१.३२ प्रतिशत घटेको हो । तर, सबैभन्दा धेरै घटेको भने एभरेष्ट बैंकको रहेको छ । यस बैंकको आधार दर ३२.९६ प्रतिशत घटेर ५.४५ प्रतिशत बिन्दुमा झरेको छ । गत वर्षको चैतमा यस बैंकको आधार दर ८.१३ प्रतिशत थियो ।

यसअवधिमा हिमालयन बैंकको ३०.८९ प्रतिशत घटेर ६.८ प्रतिशत बिन्दु, कृषि विकास बैंकको २९.८३ प्रतिशत घटेर ६.०९ प्रतिशत बिन्दु, कुमारी बैंकको २९.५९ प्रतिशत घटेर ६.७८ प्रतिशत बिन्दु, एनएमबि बैंकको २९.०७ प्रतिशत घटेर ६.४९ प्रतिशत बिन्दुमा आधार दर झरेको छ ।

यस्तै, नबिल बैंकको २८.५८ प्रतिशत घटेर ५.९७ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको २८.४० प्रतिशत घटेर ६.१ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको २७.८२ प्रतिशत घटेर ६.३८ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको २६.९९ प्रतिशत घटेर ७.१४ प्रतिशत बिन्दुमा आधार दर कायम छ ।

प्राइम बैंकको २६.४२ प्रतिशत घटेर ६.८२ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २६.३६ प्रतिशत घटेर ६.६२ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकको २६.३१ प्रतिशत घटेर ६.७२ प्रतिशत बिन्दु, नेपाल बैंकको २५.४० प्रतिशत घटेर ५.९६ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको २४.८० प्रतिशत घटेर ६.७३ प्रतिशत बिन्दुमा झरेको छ ।

सिद्धार्थ बैंकको २३.९९ प्रतिशत घटेर ६.४३ प्रतिशत बिन्दु, सानिमा बैंकको २२.९९ प्रतिशत घटेर ६.४३ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २२.०५ प्रतिशत घटेर ५.०९ प्रतिशत बिन्दु, प्रभु बैंकको २०.६३ प्रतिशत घटेर ६.७३ प्रतिशत बिन्दु र एनआईसी एशिया बैंकको १८.७३ प्रतिशत घटेर ७.२ प्रतिशत बिन्दुमा आधार दर कायम छ ।

बैंकको आधार दर घट्दा ऋणको ब्याजदर घट्न गई लगानी बढ्ने बैंकरहरू बताउँछन् । बैंकहरूले आधार दरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गर्ने भएकाले कर्जा पनि सस्तो हुने गर्छ । साथै, यदि ऋण फ्लोटिङ रेटमा छ भने आधार दर घटेपछि ऋणको ब्याजदर पनि घट्ने बैंकरहरु बताउँछन् । तर, ब्याजदर सस्तो हुँदा बैंकको आम्दानी भने घट्ने उनीहरुको तर्क छ । बैंकको ब्याजदर एकल अंकमा पनि न्यून दरमा झरेकाले ऋण लिन बैंकरहरूले आग्रह गरिरहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...