back
himalayan life

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनले भने,‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने निर्णय भएको छ ।’

उनको अनुसार शैक्षिक परामर्ष भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने पनि निर्णय भएको छ ।

यस्तो छन् ,बैठकका निर्णयहरु

१.काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने ।

२.गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।

३.विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने ।

४.शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने

५.कारागार नियमावली,२०८३ स्वीकृत गर्ने ।

६.मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/८८) स्वीकृत गर्ने ।

७.भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२ । ८३–२०८७ । ८८) स्वीकृत गर्ने ।

८.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

वि.सं.२०८३ असार २४ बुधवार १९:४९

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर...

विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

वि.सं.२०८३ असार २४ बुधवार १०:२०

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको...

जहाँ जनघनत्व बढी, त्यहीँ देखिँदै वर्डफ्लु संक्रमण, अधिकांश जिल्लामा नियन्त्रण भए पनि उपत्यका र काभ्रेमा जोखिम 

जहाँ जनघनत्व बढी, त्यहीँ देखिँदै वर्डफ्लु संक्रमण, अधिकांश जिल्लामा नियन्त्रण भए पनि उपत्यका र काभ्रेमा जोखिम 

वि.सं.२०८३ असार २४ बुधवार १०:१७

काठमाडौं । देशका अधिकांश जिल्लामा वर्डफ्लु संक्रमण नियन्त्रणमा आए पनि...

प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

वि.सं.२०८३ असार २३ मंगलवार १९:२१

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक...

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार २३ मंगलवार १३:०७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष...

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

वि.सं.२०८३ असार २३ मंगलवार १२:५१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा...