सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति
वि.सं.२०८१ चैत ७ बिहीवार
काठमाडौं । विकास बैंकहरूको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन्।
डिबानको १९औँ वार्षिक साधारण सभा आज पोखरामा सम्पन्न भएको थियो। सभाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
श्रेष्ठ नेतृत्वको कार्यसमितिमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली उपाध्यक्ष, गरिमा विकास बैंकका सीईओ माधव प्रसाद उपाध्याय सचिव तथा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै, लुम्बिनी विकास बैंकका नरेशसिंह बोहरा, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकका दीपेश लम्साल, ग्रीन डेभलपमेन्ट बैंकका हरिबहादुर बुढाथोकी र सप्तकोसी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल कार्यसमिति सदस्य चयन भएका छन्।
श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित भएपछि उनले विकास बैंकहरूको क्षमता अभिवृद्धि, बैंकिङ क्षेत्रको नीतिगत सुधार तथा वित्तीय क्षेत्रमा सहकार्य अभिवृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने बताए।
प्रकाशित समय : १८:२१ बजे





















