back

नेपालको व्यापार घाटा बढ्दो : ८ महिनामा निर्यात व्यापार १ खर्ब ५८ अर्ब पुग्यो

सोयाविन तेल मात्रै ४७ अर्ब ९४ करोडको निर्यात

काठमाडौं । पछिल्लो केही महिनादेखि सोयाविन तेल निर्यात ह्वात्तै बढ्दा नेपालको निर्यात व्यापारमै ठूलो अन्तर देखिएको छ । भारतमा सोयाविन तेलको निर्यात बढ्दा समग्र निर्यात व्यापार नै बढेको हो ।

नेपालले ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको सामान निर्यात गर्दा सोयाविन तेल मात्रै ४७ अर्ब ९४ करोड रुपैयाँको निर्यात गरेको हो ।

भारतले सोयाविन तेल आयातमा लाग्ने भन्सार घटाएपछि नेपालको निर्यातको ग्राफ ह्वात्तै बढ्न थालेको हो । चालु आर्थिक बर्षको फागुन मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा नेपालको निर्यात व्यापार मात्रै गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले बढेको छ ।

विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको फागुन मसान्तसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको नेपालले चालु आवको सोही अवधिमा बढाएर १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको आठ महिनामा नेपालको आयात व्यापार पनि ११.२० प्रतिशतले बढेको विभागले जानकारी दिएको छ । विभागका अनुसार नेपालले गत आवको पहिलो ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात व्यापार गरेकोमा चालु आवमा आयात बढाएर ११ खर्ब ४५ अर्ब रुपैयाँ पुर्याएको हो । आठ महिनामा सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा डिजेल, कच्चा सोयाविन तेल, पेट्रोल, एलपीजी ग्याँस प्रमुख रहेका छन् । नेपालले ८ महिनामा कच्चा सोयाविन तेल मात्रै ५१ अर्ब ३५ करोड रुपैयाँको खरिद गरेकाे छ । नेपालले सोही कच्चा तेल प्रशोधन गरेर भारत निर्यात गर्दा नेपालको आयात निर्यातमा वृद्धि देखिएको हो ।

आठ महिनामा नेपालले ७८ अर्ब ८६ करोडको डिजेल, ४२ अर्ब ८० करोडको पेट्रोल तथा ४१ अर्ब रुपैयाँ बराबरको एलपीजी ग्याँस आयात गरेको छ ।

यसरी आयात र निर्यात व्यापारमा उच्च वृद्धि हुँदा नेपालको व्यापार घाटा पनि ६.२२ प्रतिशतले बढ्दै ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत आवको यहि अवधिमा नेपालको व्यापारघाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ थियो ।

 

nactional life
Corporatebazar 11 Anniversary

चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य छ : अर्थमन्त्री वाग्ले

चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य छ : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:०३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता...

विकासमा सुस्त कर्णाली : चैत मसान्तसम्ममा २४ प्रतिशत मात्रै बजेट खर्च

विकासमा सुस्त कर्णाली : चैत मसान्तसम्ममा २४ प्रतिशत मात्रै बजेट खर्च

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:५१

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा...

इमानसँग अर्थमन्त्री: सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

इमानसँग अर्थमन्त्री: सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:४१

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा...

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख २ बुधवार १७:३०

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’...

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १६:३२

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

वि.सं.२०८३ वैशाख २ बुधवार १०:४७

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा...