back

चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड

काठमाडौँ । नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत् चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइएको छ ।

नेपाल भ्यालुयर्स एसोएिसनको छैटौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा यस क्षेत्रमा आबद्ध इञ्जिनीयरहरूले यस विषयमा जोड दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद सकलदेव सुतियारले पेशागत ज्ञान लिएर काम गर्दा समस्या नहुने बताउनुभयो । ज्ञान नहुनेले अरुसँग सिकेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

एसोसिएसनका संस्थापक अध्यक्ष वसन्तरमण रजौरेले धितो मूल्याङ्कन प्रक्रियामा लाग्नेहरूको छाता संस्थालाई संस्थागत स्वरुप दिन वर्तमान कार्य समितिले महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अञ्जनीकुमार श्रेष्ठ, यस क्षेत्रका विज्ञ देवेन्द्रकुमार श्रेष्ठ, अध्यक्ष ऋषि कोइराला, उपाध्यक्ष लक्ष्मणबाबु सेढाइँ, महासचिव दीनेशकुमार पाठक, नेपाल इञ्जिनीयर्स एसोसिएसनका उपमहासचिव अनिल मानन्धरलगायतले धितो मूल्याङ्कन प्रक्रियामा देखापरेका समस्या र तिनको समाधानका लागि संस्थागत रूपमा गर्नुपर्ने कामका बारेमा जानकारी दिनुभएको थियो ।

अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष सञ्जयकुमार महतोले राससलाई जानकारी दिनुभयो । अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा संलग्न एक हजार २०० इञ्जिनीयरको सहभागिता रहेको छ ।

 


नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

वि.सं.२०८२ जेठ ३ शनिवार २०:२६

काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट...

राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने : अध्यक्ष लिङदेन

राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने : अध्यक्ष लिङदेन

वि.सं.२०८२ जेठ २ शुक्रवार १५:०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र...

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:३३

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश...

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

वि.सं.२०८२ वैशाख २५ बिहीवार १७:४१

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिबार...

राजन लम्सालद्धारा लायन्स अन्तर्राष्ट्रिय निर्देशक पदको इन्डोर्शी उम्मेद्वारी दर्ता

राजन लम्सालद्धारा लायन्स अन्तर्राष्ट्रिय निर्देशक पदको इन्डोर्शी उम्मेद्वारी दर्ता

वि.सं.२०८२ वैशाख २५ बिहीवार १३:२९

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सीमा राजन लम्सालले मनोनयन दर्ता...