back

चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड

काठमाडौँ । नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत् चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइएको छ ।

नेपाल भ्यालुयर्स एसोएिसनको छैटौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा यस क्षेत्रमा आबद्ध इञ्जिनीयरहरूले यस विषयमा जोड दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद सकलदेव सुतियारले पेशागत ज्ञान लिएर काम गर्दा समस्या नहुने बताउनुभयो । ज्ञान नहुनेले अरुसँग सिकेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

एसोसिएसनका संस्थापक अध्यक्ष वसन्तरमण रजौरेले धितो मूल्याङ्कन प्रक्रियामा लाग्नेहरूको छाता संस्थालाई संस्थागत स्वरुप दिन वर्तमान कार्य समितिले महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अञ्जनीकुमार श्रेष्ठ, यस क्षेत्रका विज्ञ देवेन्द्रकुमार श्रेष्ठ, अध्यक्ष ऋषि कोइराला, उपाध्यक्ष लक्ष्मणबाबु सेढाइँ, महासचिव दीनेशकुमार पाठक, नेपाल इञ्जिनीयर्स एसोसिएसनका उपमहासचिव अनिल मानन्धरलगायतले धितो मूल्याङ्कन प्रक्रियामा देखापरेका समस्या र तिनको समाधानका लागि संस्थागत रूपमा गर्नुपर्ने कामका बारेमा जानकारी दिनुभएको थियो ।

अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष सञ्जयकुमार महतोले राससलाई जानकारी दिनुभयो । अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा संलग्न एक हजार २०० इञ्जिनीयरको सहभागिता रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

वि.सं.२०८३ असार २६ शुक्रवार ११:१२

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

वि.सं.२०८३ असार २५ बिहीवार १२:५८

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा व्यावसायिक र कुशल रणनीतिकारको छवि...

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

वि.सं.२०८३ असार २४ बुधवार १७:३३

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको...

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...