back

आइएमई मोटर्स र रिलायन्स फाइनान्स बीच सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी

काठमाडौँ । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ ।

सो सम्झौतासँगै, ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबीच हस्ताक्षर भएको हो।

सो समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिङको सुविधा उपलब्ध भएको आइएमई ग्रुपले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

सत्तरी प्रतिशतसम्मको फाइनान्सिग : ग्राहकहरूले अब रिलायन्स फाइनान्सबाट सवारी साधनको कुल मूल्यको सत्तरी प्रतिशत सम्मको फाइनान्सिग प्राप्त गर्न सक्नेछन् ।
सहज प्रक्रिया : यो साझेदारीले दुबै कम्पनीहरूको सेवालाई उपयोग गर्दै सहज प्रक्रियासंगै सुलभ र प्रभावकारी फाइनान्सिग सुविधा उपलब्ध हुनेछ ।

पहुँच वृद्धि : यस समझदारीले सवारी साधनको स्वामित्वको पहुँचलाई विस्तार गर्नेछ र अटोमोबाइल क्षेत्रको विकासलाई थप प्रर्वद्धन गर्नेछ।

आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको सो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिङ सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिङ सेवाहरू मार्फत ग्राहकहरूको आवश्यकतालाई पुरा गर्न तत्पर रहेको बताएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...