back

कस्मेटिक व्यवसायी संघको अध्यक्षमा तिमल्सिना र वरिष्ठ उपाध्यक्षमा सीता पराजुली चयन

काठमाडौं । नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा ऋषिकेश तिमल्सिना चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको चौथो साधारणसभाले तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सीता पराजुली, प्रथम उपाध्यक्षमा केशव ज्ञवाली, उपाध्यक्षमा मच्छिन्द्र खकुरेल, सह कोषाध्यक्षमा सुभाष गोयल, कोषाध्यक्षमा टेकबहादुर काफ्ले, सहसचिवमा नन्दकिशोर रिजाल र सचिवमा चित्रबहादुर बस्नेत चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा कमलकुमार दुगड, नारायण न्यौपाने, सन्तोषकुमार साह, तीर्था भण्डारी, सरिता बोहरा, मुकेश अग्रवाल र दिपेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले सौन्दर्य व्यवसायलाई मर्यादित र सम्मानजनक व्यवसायका रूपमा अघि बढाउन आफूले प्रयास गर्ने बताए ।

संघको साधारणसभा उद्घाटन गर्दै प्रमुख कर प्रशासक शम्भुप्रसाद मरासिनीले कस्मेटिक व्यवसाय मेकअप मात्रै नभई मानव स्वास्थ्यसँग पनि सम्बन्धित रहेको उल्लेख गरे ।

उनले कस्मेटिक वस्तु बढी आयातमुखी भएको भन्दै स्वदेशी वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिए ।

‘स्वदेशमै कस्मेटिक वस्तु उत्पादन गरी निर्यात गर्नसके विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,’ मरासिनीले भने, ‘नेपालमा सौन्दर्य प्रशाधनको व्यवसाय नयाँ ढंगले अघि बढ्नुपर्ने अवस्था छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

वि.सं.२०८३ असार २६ शुक्रवार ११:१२

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

वि.सं.२०८३ असार २५ बिहीवार १२:५८

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा व्यावसायिक र कुशल रणनीतिकारको छवि...

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

वि.सं.२०८३ असार २४ बुधवार १७:३३

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको...

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...