back

कस्मेटिक व्यवसायी संघको अध्यक्षमा तिमल्सिना र वरिष्ठ उपाध्यक्षमा सीता पराजुली चयन

काठमाडौं । नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा ऋषिकेश तिमल्सिना चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको चौथो साधारणसभाले तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सीता पराजुली, प्रथम उपाध्यक्षमा केशव ज्ञवाली, उपाध्यक्षमा मच्छिन्द्र खकुरेल, सह कोषाध्यक्षमा सुभाष गोयल, कोषाध्यक्षमा टेकबहादुर काफ्ले, सहसचिवमा नन्दकिशोर रिजाल र सचिवमा चित्रबहादुर बस्नेत चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा कमलकुमार दुगड, नारायण न्यौपाने, सन्तोषकुमार साह, तीर्था भण्डारी, सरिता बोहरा, मुकेश अग्रवाल र दिपेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले सौन्दर्य व्यवसायलाई मर्यादित र सम्मानजनक व्यवसायका रूपमा अघि बढाउन आफूले प्रयास गर्ने बताए ।

संघको साधारणसभा उद्घाटन गर्दै प्रमुख कर प्रशासक शम्भुप्रसाद मरासिनीले कस्मेटिक व्यवसाय मेकअप मात्रै नभई मानव स्वास्थ्यसँग पनि सम्बन्धित रहेको उल्लेख गरे ।

उनले कस्मेटिक वस्तु बढी आयातमुखी भएको भन्दै स्वदेशी वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिए ।

‘स्वदेशमै कस्मेटिक वस्तु उत्पादन गरी निर्यात गर्नसके विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,’ मरासिनीले भने, ‘नेपालमा सौन्दर्य प्रशाधनको व्यवसाय नयाँ ढंगले अघि बढ्नुपर्ने अवस्था छ ।’


नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

वि.सं.२०८२ जेठ २० मंगलवार १८:२०

काठमाडौं ।  थाहा नगरपालिका वडा नं ६, टिस्टुङ बज्रबाराहीका स्थायी...

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

वि.सं.२०८२ जेठ १८ आइतवार १६:०५

काठमाडौं । नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको...

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

वि.सं.२०८२ जेठ १४ बुधवार १५:१४

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सव्तन्त्र सञ्चालकमा टेक नन्द ईवा...

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद

वि.सं.२०८२ जेठ १३ मंगलवार १२:४३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र...

नेपाल बैंकका स्वतन्त्र सञ्चालक गौतमले गरे शपथ ग्रहण

नेपाल बैंकका स्वतन्त्र सञ्चालक गौतमले गरे शपथ ग्रहण

वि.सं.२०८२ जेठ १३ मंगलवार ०९:५४

काठमाडौं । नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले पद...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...