back

रुस-युक्रेन युद्ध “कतै मन्दि कतै बन्दि”: युक्रेनको अर्थतन्त्र आधाले घट्ने, अरू कुन – कुन देशको कस्तो छ अर्थतन्त्र ?

अन्यत्र पनि असर

काठमाडौं । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र करिब ४५ प्रतिशतले सङ्कुचित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ।

त्यहाँ शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसहरूलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि उसले बताएको छ। विश्व ब्याङ्कले युक्रेनलाई एक अर्ब डलरको सहयोग दिइसकेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब डलर दिने बताएको छ।

“युक्रेनको अधिकांश काम गर्ने समूहका मानिस या त लड्न या त भाग्न बाध्य भएका छन्। व्यापार बन्द छन्। सडक, कारखाना अनि अन्य पूर्वाधार ध्वस्त भएका छन्। वर्षौँको प्रगति शून्यमा झरेका छन्।”

अन्यत्र पनि असर
युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो जुन अहिले ठप्प भएको छ। त्यसले विश्वभरिनै खाद्यान्नको मूल्यवृद्धि हुने बताइएको छ।

अभूतपूर्व स्तरमा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू लगाइएका कारण रुसको अर्थतन्त्र ११ प्रतिशतले खुम्चने विश्व ब्याङ्कले बताएको छ।

साथै बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउने उसले प्रक्षेपण गरेको छ।

खार्किभ र मारिउपोलमा निरन्तर आक्रमण
यसबीच युक्रेनको सेनाले भनेको छ- उत्तर पूर्वी खार्किभ क्षेत्रमा भएको रुसी गोलाबारीका कारण बालबालिकासहित १० जनाको ज्यान गएको छ।

मस्कोले उक्त क्षेत्रमा आक्रमण तेज पारिरहेको छ। खार्किभस्थित सैन्य प्रशासनका प्रमुखले सबभन्दा चर्को भिडन्त इजियम नगर वरपर भइहेको छ। भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा रुसी सैन्य गाडीहरू त्यहाँ तैनाथ गरिएका देखिन्छन्।

अमेरिकी संस्था इन्स्टिच्युट अफ वारका अनुसार रुसी फौजले दक्षिणी मारिउपोल शहरमा सफलता पाउँदै गरेको छ। त्यहाँ रुसी फौजले नगरलाई दुई फ्याक पारेर युक्रेनी रक्षात्मक फौज विभाजित बनाइदिएको छ।

उसका अनुसार अब त्यहाँ युक्रेनी लडाकूहरू बन्दरगाहक्षेत्रमा एकातिर अनि पूर्वको स्टिल कारखाना क्षेत्रमा अर्कोतिर अलगथलग पारिएका छन्। यो समाचार विभिन्न अन्तराष्ट्रिय मिडिया र बीबीसीको सहयोगमा तयार पारिएको हो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...