back

आम्दानीसँगै घट्यो आरएसडिसी लघुवित्तको नाफा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६० लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.०४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४१.२८ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३०.६१ प्रतिशत र सञ्चालन मुनाफा १९.१२ प्रतिशत घटेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ८९ पैसा घटेर ८ रुपैयाँ १६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७३.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९ करोड ९३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ४३ पैसा रहेको छ। १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। पहिलो तीन महिनासम्ममा लघुवित्तले ५ अर्ब १५ करोड ५७ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ५७ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

nactional life
Corporatebazar 11 Anniversary

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...

आशा लघुवित्तको शेयरमूल्य समायोजन

आशा लघुवित्तको शेयरमूल्य समायोजन

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था...

विजय लघुवित्तले एफपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

विजय लघुवित्तले एफपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

वि.सं.२०८२ मंसिर १५ सोमवार ०९:३६

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट...