back
skip this gaugauma singhadarbar

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

काठमाडौं । पत्रकार, लेखक तथा समाजवादी चिन्तक फणिन्द्र लामीछानेद्वारा लिखित गाउँ आएको मोटरबाटो उपन्यासको लोकार्पण गरिएको छ ।

पुस्तक लोकापर्णमा मणि लोहनीले स्थानीय पुर्नजागरणको कथामा देशमै गर्न सकिने सम्भावनाहरुलाई पुस्तकले उजागर गरेको बताउनुभयो । थाहा छैन लेखकले देखेको सम्भावनाहरू पूरा हुन्छ कि हुँदैन, नेपाली समाज कार्यान्वयनमा त्यति सहज छैन । तर यो पुस्तकले ति सम्भावनाहरुलाई बोलेको छ । मलाई यो किताब किन मन परेको छ भने अहिले जहाँ गएपनि नेपाललाई गाली गर्ने, यो देशमा केही भएन भन्ने, निरासा व्यक्त गर्ने मान्छेको भीड व्याप्त छ । हरेक दिन मान्छे विदेश गइरहेको छन् । यस्तो बेलामा देशभित्रै केही छ , देशमै केही गर्नुपर्छ, र गर्न सकिन्छ भन्ने जुन किसिमको सम्भाबनामाथि लेखकले विश्वास गर्नुभएको छ यो किताबमा यो चाहिँ पढ्न पाइन्छ ।

गाउँ आएको मोटरबाटोले गाउँ फर्कनुपर्छ भन्ने आभास दिलाउने नेपाल सरकार अधिकृत जीवन आलेले बनाउनुभयो । लेखकलाई मैले अत्यन्तै उत्साही, सहासी, अरूकोभन्दा अलि भिन्न सोच राख्ने, अलि पृथक दृष्टिकोण राख्ने व्यक्तिको रुपमा चिन्छु । उहाले उठाइरहने गरेको कर रहित अर्थतन्त्रको कुरा गर्नुपर्दा अहिले स्टन्ट को लागि सस्तो लोकप्रियताको लागि करारहित भनिरहेका छौं तर करविना अर्थतन्त्र चलाएमान हुन सक्छ कि सक्दैन, भन्न त सजिलो होला तर कसरी गर्ने भन्न सक्छौं कि सक्दैनौं भन्ने कुरा हो । मैले यही विषय मा २÷४ घण्टा उहाँसँग बसेर कुरा गर्दा उहाको पृथक दृतिकोणले म झल्याँस्स भए । उहाको दृष्टिकोणले हामीले सोच्न सकेका रहेनछौ । पुस्तकको कुरा गर्दा चाहिँ हामीले सिङ्गो नेपाललाई नै गाउँ भन्नुपर्ने बेला छ । नेपाल फर्कनुपर्ने, सहरमा रहनुपर्ने, सहरमा भन्दा पनि गाउँमै रहनुपर्ने यो खालको एउटा समय आएको छ । विदेशमा गएर पढेर फेरी आफ्नै देश, आफ्नै गाउँ आउनुपर्ने भन्ने एउटा सकारात्मक सन्देश यो उपन्यास मार्फत दिनुभएको छ ।

कार्यक्रममा अन्य अतिथिहरुले समेत शुभकामना सन्देश दिएका थिए । ई.दिपक कुमार साहले परिवर्तनलाई आत्मसाथ गर्ने यो पुस्तकले केहि महत्वपूर्ण भुमिका खेल्ने बताए ।

स्थानीय स्तरमा पुर्नजागरणको कथा बोकेको उपन्यासले युवाहरुलाई गाउँ फर्किएर विकासमा लाग्न प्रेरित गर्न खोजेको लेखकले बताएका छन् ।

पुस्तान्तरण नै रोकिएका गाउँहरुमा पुर्नजागरण सहित विकास र समृद्धिको कुरालाई आत्मसाथ गर्न पुस्तकले प्रेरित गरेको छ ।

यस पुस्तक विक्रिबाट प्राप्त हुने आम्दानी ग्रामणि क्षेत्रमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान दिने उदेश्यले प्राविधिक कलेज स्थापनामा खर्च गरिने आयोजक चक्रपाणी लामिछाने प्रतिष्ठानले बताएको छ ।  पुस्तक लोकार्पण होटल होलिडे रिजेन्शीमा आयोजना गरिएको थियो ।

gaugauma singhadarbar

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:३९

काठमाडौं । एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव...

चिकित्सकले नै कन्सल्टेन्सीको विज्ञापन गर्न थालेपछि मेडिकल काउन्सिलको ध्यानाकर्षण

चिकित्सकले नै कन्सल्टेन्सीको विज्ञापन गर्न थालेपछि मेडिकल काउन्सिलको ध्यानाकर्षण

वि.सं.२०८२ मंसिर १७ बुधवार १८:५५

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकले नै शैक्षिक परामर्श...

उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे परे ?

उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे परे ?

वि.सं.२०८२ मंसिर १७ बुधवार १८:४९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको...

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

वि.सं.२०८२ मंसिर १७ बुधवार १७:५८

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:४९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप...

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:०६

काठमाडौं । प्रभु मनि ट्रान्सफरको रकम हिनामिना भएको विषयमा अनुसन्धान...