सम्पदा लघुवित्तले पनि लाभांश वितरण नगर्ने
वि.सं.२०८१ फागुन १२ सोमवार
काठमाडौं – सम्पदा लघुवित्त वित्तीयले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
फागुन ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
लघुवित्तले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
प्रकाशित समय : ११:३९ बजे






















