back

नाबालिका दास प्रकरणमा महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान

nactional life

काठमाडौं । काठमाडौं महानगरपालिकाले नाबालिका बन्धक बनाएको घटनामा १२० पृष्ठ लामो अनुसन्धान अभिलेख राष्ट्रिय मानव अधिकार आयोगलाई बुझाएको छ । सरकार पक्षबाटै मुद्दा नचल्ने निर्णय भएपछि आयोगले स्व–विवेकीय अधिकार प्रयोग गर्दै अनुसन्धान थालनी गरेको थियो ।

महानगरको अनुसन्धान प्रतिवेदन आयोगलाई हस्तान्तरण आईतबार दिउँसो काठमाडौं महानगरपालिकाको बाल कल्याण अधिकारी सहितको टोली पुल्चोकस्थित मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुगेको थियो । टोलीले आयोगका सचिव मुरारी प्रसाद खरेललाई अनुसन्धान अभिलेख बुझाएको हो ।

अभिलेख बुझ्दै सचिव खरेलले मानव अधिकार हनन्का घटनामा कुनै पनि व्यक्तिले सत्ता र राज्य शक्तिको दुरुपयोग गर्नु नहुने बताए । उनले बालबालिकालाई यस्ता घटनाको मारमा पर्न नदिन आयोग सचेत रहेको र निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए । सरकार पक्षले मुद्दा नचलाउने निर्णयपछि आयोगको चासो लुम्बिनी प्रदेशकी सांसद रेखा कुमारी शर्माले नाबालिकालाई बन्धक बनाई दास बनाएको घटनामा सरकार पक्षले मुद्दा नचलाउने निर्णय गरेपछि आयोगले अनुसन्धान थालेको थियो ।

अनुसन्धानकै क्रममा आयोगले महानगरपालिकासँग सम्बन्धित कागजात माग गरेको थियो । आयोगको अनुरोधपछि तीन दिनभित्रै १२० पृष्ठ लामो अभिलेख संकलन गरी महानगरपालिकाले आयोगलाई बुझाएको हो । महान्यायाधिवक्ताको संलग्नतामाथि प्रश्न महानगर प्रमुखको सचिवालयका सदस्य धिरज जोशीले यो प्रकरणमा महान्यायाधिवक्ताको समेत स्वार्थको द्वन्द्व रहेको बताए ।महान्यायाधिवक्ता हुनु अघि उनले सांसद रेखा शर्माको तर्फबाट निज संसदलाई बचाउन बहस गरेका थिए ।

अहिले उनी महान्यायाधिवक्ता भएर आएपछि सोही मुद्दामा सांसद रेखा शर्मामाथि मुद्दा नचल्ने निर्णय गर्नुलाई स्वार्थ नबाझिएको अर्थमा लिन मिलेन । जोशी भन्छन्, ‘महानगरपालिकाविरुद्ध एउटै मुद्दामा बहस गरेका व्यक्ति हाल महान्यायाधिवक्ताको पदमा रहेको हुँदा मुद्दा नचलाइएको हो।’ हालका महान्यायाधिवक्ता रमेश बडालले यसअघि महानगरविरुद्ध दायर भएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयको निर्णय सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले यस घटनामा मुद्दा नचलाउने निर्णय गरेका थिए। काठमाडौं महानगरपालिकाले भने गत जेठ ३० गते बाल कल्याण अधिकारीमार्फत बालबालिकाविरुद्धको कसुर र दास बनाउन नहुने कसुरमा जाहेरी दर्ता गराएको थियो । मानव अधिकार आयोगले अब अनुसन्धानलाई थप विस्तृत बनाउने जनाएको छ । आयोगले निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाहीको मार्ग तय गर्ने प्रतिवद्धता जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०९

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक...

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

वि.सं.२०८३ जेठ १८ सोमवार १८:४६

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई...

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

वि.सं.२०८३ जेठ १८ सोमवार १८:३८

जनकपुर । चुरे पहाडको संरक्षणका लागि चुरे तथा वनजंगल संरक्षण...

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र...

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४...