नाडेप लघुवित्तका सीईओमा अर्याल नियुक्त
वि.सं.२०८१ पुस १ सोमवार
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गरेको छ ।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको सीईओ सीईओमा दीर्घ बहादुर अर्याल नियुक्त गरेको हो ।
कम्पनीले अर्याललाई माघ ३ गतेदेखि लागू हुने ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

प्रकाशित समय : ११:२२ बजे





















