नेशनल लघुवित्तको एफपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा आह्वान
वि.सं.२०८१ मंसिर ३ सोमवार
काठमाडौं । नेशनल लघुवित्तले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ।
साथै, सभामा बोनस शेयर विरण पश्चात कायम पुँजीबाट ७ लाख ६५ हजार ३७७.६४ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १८ गतेबाट २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १७ गतेसम्म कायम शेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र सभामा भाग लिन पाउनेछन् ।
संस्थाको साधारणसभा आगामी मंसिर २४ गतेअरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
प्रकाशित समय : ११:१५ बजे





















