सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर ३ सोमवार
काठमाडौं । सोमबार, सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित समय : ११:०० बजे





















