back

१५ जनामाथि देशविरुद्ध युद्ध सुरु गर्न खोजेको आरोप

काठमाडौँ । राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले एल्गार परिषद् र माओवादीबीच सम्बन्ध जोडिएको मामिलामा आरोपीहरूले देशमा आफ्नो सरकार बनाउन र देशविरुद्ध युद्ध सुरु गर्न चाहेको एक विशेष अदालतसमक्ष पेस गरिएको मस्यौदामा दाबी गरेको छ ।

एनआईएले यही महिनाको सुरुवातमा मस्यौदा पेस गरेको थियो जसको प्रति सोमबार उपलब्ध गराइएको हो ।

यस मस्यौदामा मानवअधिकार तथा अधिकारकर्मीहरू समेत १५ आरोपीमाथि १७ वटा आरोप लगाइएको छ । उनीहरू विरुद्ध अवैध गतिविधि (रोकथाम) कानुन (यूएपीए) र भारतीय दण्ड संहिता (आईपीसी) का विभिन्न धाराअन्तर्गत आरोप लगाउन अनुरोध गरिएको छ ।

आरोपीहरू प्रतिबन्धित आतङ्कवादी सङ्गठन भारतीय कम्युनिस्ट पार्टी (भाकपा) (माओवादी) का सक्रिय सदस्य रहेको एनआईएको आरोप छ ।
यस मामिलामा अधिकारकर्मी सुधा भारद्वाज, वर्नोन गोन्जाल्विस, वरवरा राव, हेनी बाबू, आनन्द तेलतुम्बडे, शोमा सेन, गौतम नवलखा, सुधीर धवले, रोना विल्सन, सुरेन्द्र गाडलिंङ, महेश राउत, अरुण फरेरा, रामेश गायचोर, ज्योति जगताप र सागर गोरखे सामेल छन् । यसमा फादर स्टेन स्वमीको नाम पनि उल्लेख छ । उनको गत महिना हिरासतमा नै मृत्यु भइसकेको छ । मस्यौदामा ६ फरार आरोपीको बारेमा उल्लेख गरिएको छ ।

मस्यौदाका अनुसार आरोपितहरूको मुख्य उद्देश्य ‘सरकारबाट सत्ता हत्याउनका लागि सशस्त्र सङ्घर्ष गर्ने र क्रान्तिको माध्यमबाट जनसरकार स्थापित गर्ने रहेको थियो ।

मस्यौदामा उनीहरूले भारत सरकार र महाराष्ट्र सरकारविरुद्ध युद्ध सुरु गर्ने कोसिस गरेको आरोप पनि लगाइएको छ । देशविरुद्ध युद्ध सुरु गर्ने मुद्दामा अधिकतम सजाय मृत्युदण्ड रहेको छ ।

इन्डियन एक्सप्रेसमा प्रकाशित खबरमा मस्यौदामा आरोपीहरूले ‘सार्वजनिक पदमा आसिन व्यक्तिको हत्या’ गर्न आधुनिक हतियार जुटाउने षडयन्त्र गरेको उल्लेख छ । यस विषयमा सुरुवाती जाँच गर्ने पुणे प्रहरीले आफ्नो चार्जसिटमा ‘प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या’ गर्ने षडयन्त्रसहित हतियार जुटाउने प्रयास गरिएको थियो । तर, एनआईएले आफ्नो मस्यौदामा प्रधानमन्त्री मोदीको नाम लिएको छैन ।द वायर/बीबीसीको सहयोगम।

२०७८ भदौँ ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

वि.सं.२०८३ असार २५ बिहीवार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का...