back

१५ जनामाथि देशविरुद्ध युद्ध सुरु गर्न खोजेको आरोप

काठमाडौँ । राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले एल्गार परिषद् र माओवादीबीच सम्बन्ध जोडिएको मामिलामा आरोपीहरूले देशमा आफ्नो सरकार बनाउन र देशविरुद्ध युद्ध सुरु गर्न चाहेको एक विशेष अदालतसमक्ष पेस गरिएको मस्यौदामा दाबी गरेको छ ।

एनआईएले यही महिनाको सुरुवातमा मस्यौदा पेस गरेको थियो जसको प्रति सोमबार उपलब्ध गराइएको हो ।

यस मस्यौदामा मानवअधिकार तथा अधिकारकर्मीहरू समेत १५ आरोपीमाथि १७ वटा आरोप लगाइएको छ । उनीहरू विरुद्ध अवैध गतिविधि (रोकथाम) कानुन (यूएपीए) र भारतीय दण्ड संहिता (आईपीसी) का विभिन्न धाराअन्तर्गत आरोप लगाउन अनुरोध गरिएको छ ।

आरोपीहरू प्रतिबन्धित आतङ्कवादी सङ्गठन भारतीय कम्युनिस्ट पार्टी (भाकपा) (माओवादी) का सक्रिय सदस्य रहेको एनआईएको आरोप छ ।
यस मामिलामा अधिकारकर्मी सुधा भारद्वाज, वर्नोन गोन्जाल्विस, वरवरा राव, हेनी बाबू, आनन्द तेलतुम्बडे, शोमा सेन, गौतम नवलखा, सुधीर धवले, रोना विल्सन, सुरेन्द्र गाडलिंङ, महेश राउत, अरुण फरेरा, रामेश गायचोर, ज्योति जगताप र सागर गोरखे सामेल छन् । यसमा फादर स्टेन स्वमीको नाम पनि उल्लेख छ । उनको गत महिना हिरासतमा नै मृत्यु भइसकेको छ । मस्यौदामा ६ फरार आरोपीको बारेमा उल्लेख गरिएको छ ।

मस्यौदाका अनुसार आरोपितहरूको मुख्य उद्देश्य ‘सरकारबाट सत्ता हत्याउनका लागि सशस्त्र सङ्घर्ष गर्ने र क्रान्तिको माध्यमबाट जनसरकार स्थापित गर्ने रहेको थियो ।

मस्यौदामा उनीहरूले भारत सरकार र महाराष्ट्र सरकारविरुद्ध युद्ध सुरु गर्ने कोसिस गरेको आरोप पनि लगाइएको छ । देशविरुद्ध युद्ध सुरु गर्ने मुद्दामा अधिकतम सजाय मृत्युदण्ड रहेको छ ।

इन्डियन एक्सप्रेसमा प्रकाशित खबरमा मस्यौदामा आरोपीहरूले ‘सार्वजनिक पदमा आसिन व्यक्तिको हत्या’ गर्न आधुनिक हतियार जुटाउने षडयन्त्र गरेको उल्लेख छ । यस विषयमा सुरुवाती जाँच गर्ने पुणे प्रहरीले आफ्नो चार्जसिटमा ‘प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या’ गर्ने षडयन्त्रसहित हतियार जुटाउने प्रयास गरिएको थियो । तर, एनआईएले आफ्नो मस्यौदामा प्रधानमन्त्री मोदीको नाम लिएको छैन ।द वायर/बीबीसीको सहयोगम।

२०७८ भदौँ ७ गते प्रकाशित

 


ट्रम्प नीतिको प्रभाव: अमेरिका घुम्न जानेहरुको संख्यामा उल्लेख्य गिरावट

ट्रम्प नीतिको प्रभाव: अमेरिका घुम्न जानेहरुको संख्यामा उल्लेख्य गिरावट

वि.सं.२०८२ वैशाख ८ सोमवार १२:१३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण विदेशी आगन्तुकहरूले संयुक्त राज्य...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो

वि.सं.२०८२ वैशाख ७ आइतवार १३:२५

अमेरिकी हवाइ सेनाले यमनको ‘रास इसा’ इन्धन बन्दरगाहमा गरेको हवाई...

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

वि.सं.२०८१ चैत २८ बिहीवार १५:५६

हिजोआज हाम्रा अस्पतालहरुमा बिरामी भर्ना दर हेर्ने हो भने उच्च...

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

वि.सं.२०८१ चैत २२ शुक्रवार ११:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने...

दुर्गा प्रसाईंको भिडियो सन्देश: ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

दुर्गा प्रसाईंको भिडियो सन्देश: ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

वि.सं.२०८१ चैत १७ आइतवार १४:३१

काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी...